• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

राष्ट्रपतिलाई आदर्श मान्ने कि विलासी ?

देवी सापकोटा ,

राष्ट्रपति विद्यादेवी भण्डारी जो नेपालको राजनीतिमा धेरै उतार चढाव खेप्दै यहाँसम्म आइपुगेकी पात्र हुन् । उनले राजनीतिक यात्राका क्रममा निमुखा महिलाहरुको दैनिकीलाई नजिकबाट बुझेकी छिन् । यसरी हेर्दा आम नेपाली महिलाले भोग्दै आएका समस्याबारे उनी जानकार हुँदाहुँदै पनि महिला माथी भएका दर्जनौं हिंसाका घटनाहरुमा उनले बोल्न उचित देखिनन् । धेरैले सोचेका थिए उनले पनि सार्वजनिक रुपमा केही बोलुन तर त्यस्तो हुन सकेन् ।

 

एक पछि अर्को गर्दै देशका विभिन्न ठाउँमा महिलाहरु माथी भएको ज्यादती सार्वजनिक हुने क्रम बढेको छ । राष्ट्रपति भण्डारी पनि एक महिला हुनुको नाताले ती यावत विषयमा उनले सार्वजनिक रुपमा बोल्नुपर्ने थियो तर खासै चासो नदिएको आम महिलाहरुको बुझाइ छ ।

 

नेताले नबुझेको जनताको दुःख राष्ट्रपतिले बुझ्नुपर्छ । जनताको अपेक्षा नेताहरुमा भन्दा राष्ट्रपतिमा देखेका छन् किनकी राष्ट्रपतिको जीवनशैली र व्यवहार जनताको भरोसा हुनुपर्ने हो । तर त्यस्तो किन देखिदैन? 

 

किन केले उनलाई यस्तो बनाएको हो ? शक्तिमा पुगेपछि सुविधाको भरपुर उपयोग मात्रै गर्ने हो भने आधा हिस्सा ओगटेको महिला जमातले कसरी उनलाई आदर्श पात्र मान्न सक्लान ? राष्ट्रपति धेरैको आदर्श बन्नु भन्दा पनि विलासी जीवन विताएको भन्दै आलोचना हुनु राम्रो होइन । आम जनताको ताली पाउने बेलामा नागरिकले गरिरहेको आलोचना सुनेर मात्र बस्नु राष्ट्रपति, उनको सचिवालय, नेपाल सरकार सबैका लागि लाजमर्दो विषय हो । 

 

केही दिन अघि एक किशोरीले सामाजिक संजालमा लेखिन ‘१८ सयको साइकल गुडाउने बाटो छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहियो रे, लौन सबै मिलेर चन्दा बटुलौं ।’

 

माथीको ट्वीटबाट प्रष्ट छ हामी नेपालीको नियती । शहरमा साँघुरा बाटाहरु, गाउँघरमा मापदण्ड विना नै खुलेका कच्ची सडकहरु । विलासी गाडी, राष्ट्रपतिको निवास विस्तार जस्ता प्रसंगले यतीवेला सामाजिक संजालमा आक्रोश चुलिएको छ । साथै राष्ट्रपतिको सवारी पनि ‘नव महारानी’ जस्तो भएन  र ? सडक नै पूर्ण खाली गराएर बटुवा वा यात्रुलाई सास्ती दिनु लोकतान्त्रिक मुलुकको चरित्र भएन कि ।

 

नेताले नबुझेको जनताको दुःख राष्ट्रपतिले बुझ्नुपर्छ । जनताको अपेक्षा नेताहरुमा भन्दा राष्ट्रपतिमा देखेका छन् किनकी राष्ट्रपतिको जीवनशैली र व्यवहार जनताको भरोसा हुनुपर्ने हो । तर त्यस्तो किन देखिदैन? 

 

आम नेपालीको दैनिकी कष्टकर हुँदा उनीहरुलाई बिलासी जीवन चाहिन्छ भने भोलिका दिनमा उनीहरुको राजनीतिक धरातल कता जाला? किन शासकहरु यो सोच्दैनन् । जनताले नै चुनेर पठाएका प्रतिनिधी हौं भन्ने कुरा किन शासकले बुझ्दैनन् । मदन भण्डारीको सालिनता र सरलता वा उनले खोजेको जनताको बहुदलीय जनवाद तपाईमा किन मेल खाँदैन ?

 

आम नागरिको आवाज ‘खोपीका देवता’ ले पनि बोल्न मिल्छ । तपाईले पनि बोल्नुपर्छ । खोपीका देवता मानेर, सम्मान र आदरभाव प्रकट गर्नुपर्ने तपाईको गरिमामय पद र कुर्सी जनताको नजरमा अपमानित हुन नपरोस । 

 

नेपालको राजनीतिमा धेरैले उनको जीवन संघर्षलाई एउटा आर्दशको रुपमा बुझ्दै आएका थिए तर अब भने उनलाई केवल विलासी जीवन जिउने पात्रको रुपमा मात्रै बुझ्न थालिएको छ । संचार माध्यममा आएका पछिल्ला समाचारहरुले के प्रष्ट हुन्छ भने अब देश रामराज्य भइसक्यो ।

 

जनता अब उनीहरुका प्रतिनिधीको विलासी जीवनमा ताली बजाउन आतुर छन् । हाम्रा राजनीतिज्ञहरुले विलासिताको ग्राफ बढाउने र नेपालीको पसिनामा उनीहरुको विलासी जीवन व्यथित हुने देखिन्छ ।

 

देशमा सम्बोधन गर्नुपर्ने समस्याको चाङ छ । तर त्यसतर्फ कसैको ध्यान जान सकिरहेको छैन । यो सरकारले काम गर्न थालेको पनि नौं महिना भइसक्यो । एक पछि अर्को गर्दै विवादास्पद कुराहरुमा यो सरकार फसिरहेको छ ।

 

तर अहिले अवस्था यस्तो आयो आम महिलाहरुले खेपिरहेका दर्जनौं समस्याहरु ती केवल कसैको चासोका विषय होइनन् । पछिल्लो समय निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटना देखि तराईका जिल्लाहरुमा शौच गर्न जाँदा बलात्कारमा परेका घटनाका समाचार आईरहेका छन् । जनताको प्रत्यक्ष जीवनसंग जोडिएको सवाल भन्दा पनि विलासीताका सवालमा यो  सरकार अल्झेको आम बुझाई छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार