• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
श्रृङगार

कसरी गर्ने मेकअप सामाग्रीको सही प्रयोग

काठमाडौं । मेकअप सामाग्रीमा हुने  अतिरिक्त खर्च कम गर्न चाहनु हुन्छ भने थाहा पाई राख्नुहोस् यसको सही प्रयोग अनि सही तरिका :

 

तपाईले कहिले सोच्नु भएको छ सुन्दर देखिनको धेरै व्युटी सामाग्रीहरु त किन्नु हुन्छ तर ती सामाग्रीको प्रयोग भने कम गर्नु हुन्छ जसले गर्दा ती सामाग्रीहरु बिस्तारै बिस्तारै बिग्रने हुन्छ र काम नलाग्ने हुन्छ । त्यस्तो अवस्थामा आफुले खर्च गरेको पैसा सम्झंदा दिक्क लाग्ने हुन्छ । यसो नहोस भन्नका लागि केही टिप्सहरु बारे जानकारी राखौ । 

 

आफ्नो ड्रेसिंङ टेबलमा कम ब्युटी प्रोडक्ट राखेर त्यसको अलग अलग प्रयोगले तपाईले आकर्षक लुक पाउन सक्नु हुन्छ । 

 

 

लिप पेन्सिल : तपाईलाई थाहा भएकै कुरा हो लिप पेन्सिलको प्रयोग ओठमा आउट लाइन बनाउनको लागि प्रयोग गरिन्छ । तर तपाईं यसलाई गाला र आँखामा पनि लगाउन सक्नुहुन्छ । यसले धेरै नै आकर्षक लुक दिने हुन्छ । ब्राउन शेड भएको पिंक लिप पेन्सिललाई आइलिडमा लगाएर फैलाउँदा  यो आइशेडो जस्तै देखिने हुन्छ  । तपाई यसलाई गालामा पनि ब्लशर जस्तै प्रयोग गर्न सक्नु हुन्छ  । 

 

बेबी लोशन : बेबी लोशनलाई बेबी स्किनमा प्रयोग गर्नु हुन्छ तर  थाहा पाई राखौ, यसले तपाईको स्किनमा पनि राम्रो इफेक्ट दिने हुन्छ । यसलाई तपाई मल्टीप्रपोज धेरै थोकको लागि लागि या मोइस्चरराइजरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यो एउटा राम्रो आइ मेकअप रिमुबर पनि हो । आइ रिमुबरको लागि यसलाई कटन वुलमा लगाएर हल्का हाथले आँखामा घुमाउदै पुछ्नु पर्छ । 

 

शिमर आइ शेडो : शिमर आइ सेडोलाई ओठमा पनि लगाउन सकिन्छ, सही लुकको लागि लिपस्टिकको शेडले म्याच गर्दै आइशेडोको ब्रशको मदतले ओठमा लगाउन सकिन्छ ।

 

 

गाजल : त्यसै त गाजललाई आँखाको तलको भागमा  लगाइन्छ्रतर राम्रो क्वालिटीको गाजल पेन्सिल आँखाको माथि भागमा पनि आइलाइनर जस्तै लगाउन सकिन्छ  । यसलाई अलीकति फैलाएर लगाएमा स्मोकि लुक पनि पाउन सकिन्छ । 

 

पेट्रोलियन जेली : चिसो मौसममा ओठ ,कुहिना ,घुडा आदिलाई नरम राख्नको लागि तपाईं पेट्रोलियन जेली लगाउनु हुन्छ तर यसलाई तपाई आइ ब्रोजको नरम समूद गर्नको लागि लगाउन सकिन्छ । यसलाई औलामा लिएर आइब्रोजमा फैलाउने ,यदि तपाईं पाउडर आइशेडोको क्रीमबेश आइशेडोमा बदल्न चाहनु हुन्छ भने यसमा अलिकति जेली मिलाउन पर्ने हुन्छ । 

 

कलर्ड ब्लशर : कलर्ड ब्लशरको प्रयोग गालालाई कलर दिनको लागि प्रयोग गरिने हुन्छ । तर यसको प्रयोग तपाई आँखामा पनि आइशेडो या हाइलाइटर जस्तै प्रयोग गर्न सक्नु हुन्छ । पिंक या पिन्च कलरको ब्ल्शरले राम्रो इफेक्ट दिने हुन्छ । 

 

 

आइलाइनर : आइलाइनरलाई आइब्रो पेन्सिलको रुपमा प्रयोग गर्न सकिन्छ । आइ ब्रो पेन्सिलको प्रयोग भने आइब्रोजलाई सफ्ट लुक दिनको लागि एव ग्यापको भर्नको लागि गरिने हुन्छ । यसले आँखावरीपारिको भाग ब्राइट देखिने हुन्छ।  यसको लागि आइलाइनरको  छोटो एव हल्का स्ट्रोक लगाउन पर्ने हुन्छ तर लगाउँदा ध्यान दिन जरुरी हुन्छ की आइ ब्रोको एरियाभन्दा बाहिर जानु हुँदैन । यसको लागि आइब्रोको नेचुरल कलरले एउटा शेड हल्का आइलाइनर प्रयोग गर्नु पर्छ,तब पर्फेक्ट लुक पाउन सकिन्छ । 

मेकअप प्रोडक्टको सही प्रयोग गर्नुहोस् र आकर्षक देखिनुहोस्  । 

 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

तस्वीर : लेशेश मेकअप स्टुडियो 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार