• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अन्तर्वार्ता

राप्रपा एउटा सशक्त राष्ट्रवादी दलको रुपमा अगाडि बढ्दैछ

२०४६ सालमा पञ्चायत शासन ढलेसँगै पूर्व पञ्चहरुले मिलेर २०४७ सालतिर स्थापना गरेको पार्टी हो राप्रपा । स्थापना कालमै दुईवटा पार्टीको रुपमा देखिएको राप्रपाले आफ्नो २८ वर्षमा आइपुग्दा पाँच पटक फुटेको छ भने चार पटक जुटिसकेको छ ।

 

चौथो पटक तीन ध्रुवका राप्रपा २०७३ सालमा एकिकरण भएपनि त्यसको केही महिना वित्न नपाउँदै डा.प्रकाश चन्द्र लोहनीले पार्टी फुटाएर राप्रपा (राष्ट्रवादी) को स्थापना गरे भने २०७४ सालमा चुनाव भन्दा केही अगाडी पशुपति शम्सेर राणाले राप्रपा (प्रजातान्त्रिक) स्थापना गरे । जसको परिणाम करिव एक वर्ष अगाडी सम्पन्न भएको चुनावमा देखियो । 

 

बेलाबेला जुट्ने र फुट्ने कार्य गरिरहेको राप्रपाले फेरी पनि एकजुट भएर अघि बढ्ने भनेर एकिकरण मिति कार्तिक २६ गते तोकेको थियो । तर, अन्तिम समयमा आएर कमल थापा पक्ष र पशुपति शम्सेर राणा बीच कुरा नमिल्दा एकता प्रकृया पर सरेको छ ।

 

अहिले थापा र राणा एक अर्कामा आरोप–प्रत्यारोप गर्दै हिडिरहेका छन् । यता तीनै पक्षले अझै गृहकार्य नपुगेको र थप वार्ता र छलफल गरेर एकता गरि छाड्ने अडान लिएका छन् । यसै विषयमा राप्रपा प्रजातान्त्रिकका सह–महामन्त्री सुरेश आचार्यसँग फ्रेसन्यूज नेपालले गरेको कुराकानीको सम्पादित अंश:–

 

अहिले पनि एकिकरणको प्रकृया चलिरहेको छ । हाम्रा जुन ‘बटमलाइन’हरु छन्, राप्रपा प्रजातान्त्रिकको ‘बटमलाइन’ भनेकै हामीले संवैधानिक राजसंस्था अथवा आलंकारिक राजसंस्था राष्ट्रिय एकताको प्रतिकका रुपमा हुनुपर्दछ भन्ने कुरामा सहमति छ । हिन्दु राज्यका विषयमा तीनवटै पार्टीको राम्रोसँग सहमति छ । जसका कारण सैद्धान्तिक र बैचारिक पक्षहरुमा असहमति छैन । सांगठनिक रुपमा चाहीं पार्टीहरुको मिलान गर्नुपर्ने भएकाले त्यहाँ चाहिँ केही गतिरोधहरु आउन सक्छन् ।

 

तीन ध्रुवमा बाँडिएका राप्रपाको एकिकरण हुने कुरा मिति समेत तोकिएपछि अन्तिम समयमा आएर स्थगित भयो , किन ?

 

कुनै पनि पार्टीहरु एकिकरण हुनका लागि विधि सम्बत तरिकाले अगाडि जानुपर्दथ्यो । एकिकरणका लागि तीन तर्फकै अध्यक्षहरुबीच छलफल चाहीं पटक पटक भयो । तर ,त्यो छलफललाई बुँदागत रुपमा ‘डकुमेन्टेसन’ गरेर आधार पत्र तयार गर्नुपर्ने कुरा हो त्यो चाहीं पूर्ण हुन नपाएको स्थितीले एकिकरण रोकिएको हो । 

 

२०७३ सालमा पार्टी एकिकरण हुँदा जुन सहमतिपत्र तयार भएको थियो त्यसैका आधारमा पार्टी एकिकरण गर्ने अध्यक्षहरुबीच सहमति जुटाइयो, तर अन्तिम घडीमा आएर एकिकरण भएन, दोष कसको छ ?

 

यसमा दोष कसैको छैन । किनभने अहिले पनि एकिकरणको प्रकृया चलिरहेको छ । हाम्रा जुन ‘बटमलाइन’हरु छन्, राप्रपा प्रजातान्त्रिकको ‘बटमलाइन’ भनेकै हामीले संवैधानिक राजसंस्था अथवा आलंकारिक राजसंस्था राष्ट्रिय एकताको प्रतिकका रुपमा हुनुपर्दछ भन्ने कुरामा सहमति छ । हिन्दु राज्यका विषयमा तीनवटै पार्टीको राम्रोसँग सहमति छ । जसका कारण सैद्धान्तिक र बैचारिक पक्षहरुमा असहमति छैन । सांगठनिक रुपमा चाहीं पार्टीहरुको मिलान गर्नुपर्ने भएकाले त्यहाँ चाहिँ केही गतिरोधहरु आउन सक्छन् । 

 

अध्यक्ष को हुने, कसले कुन पद लिने भनेर भागवण्डाका विषयमा सहमति हुन नसकेको हो ?

 

त्यो पनि होइन । अहिलेको गतिरोध आउनुको मुख्य कारण चाहीं सैद्धान्तिक बैचारिक पनि छैन् । सांगठनिक पनि छैन् । तर विधि सम्बत कसरी जाने, भोली त्यसलाई सबैले पालना गर्ने परिस्थिती कसरी निर्माण गर्ने भन्ने विषयमा चाहीं प्रश्न उठेको हो । हेर्नुहोस् मौखिक रुपमा मात्र त तीनवटा पार्टीको एकिकरण हुन सक्दैन । त्यसका निम्ति त आधारभुत रुपमा दस्तावेज निर्माण हुन जरुरी हुन्छ । त्यो भएन र पार्टी एकिकरण रोकियो । 

 

अघिल्लो चुनावताका तपाईंहरु तीन ध्रुवमा बाँडिनु भयो । अब त चुनाव आउन पनि चार वर्ष बाँकी छ । अनि बेमौसममा पार्टी एकिकरण त्यो पनि हतारोमा किन ?

 

तीनवटै पार्टी फुटेर चुनाव लड्दा हामी पराजित भएकै हो । जसले तीनवटै पार्टीका नयाँ पुस्ताका नेता तथा कार्यकताहरुमा अब पार्टी संगठित र सुदृढ गरेर अघि बढ्नुपर्दछ भन्ने सबैको एकमत भयो । आम कार्यकर्ताहरुले पनि तिमीहरु मिल्नुपर्दछ भनेर दबाव पनि सृजना भयो ।

 

चार वर्षपश्चात् चुनाव हुने भएतापनि त्यसकाल लागि अहिलेदेखि नै हामीले त्यसको तयारी गरेर पार्टीलाई एउटा शसक्त राष्ट्रबादी दलको रुपमा अगाडि बढाउनु पर्दछ भन्ने मान्यता राप्रपा भित्र सबै पक्षमा रहेको छ । त्यसकारणले गर्दा अहिले नै हामी एकिकरण गरेर तयारीका साथ अगाडी बढ्ने भन्ने कुरा एउटा हो भने चुनावकै निम्ति पार्टी जुट्नु पर्छ भन्ने पनि छैन नि । पार्टीलाई दिगो बनाउन, संगठित गर्न एउटा आन्दोलनको रुपमा अगाडि बढ्न पनि अहिले उपयुक्त समय भएकाले एकिकरणको प्रयासको थालनी भएको हो । 

 

राप्रपालाई पञ्चेहरुको पार्टी भनेर आरोप पनि लाग्ने गरेको छ । तर राप्रपा पूर्व पञ्चहरुको पार्टी चाहीं होइन । राप्रपामा अझै पनि केही पञ्चायतको व्यक्तिहरु सक्रिय रुपमा हुनुहुन्छ । तर, तीनवटै राप्रपाको अवस्था हेर्ने हो भने ९९ प्रतिशत गैर पञ्च युवाहरुको सक्रियता रहेको छ । भावी दिन भनेको चाहे निर्वाचन होस्, चाहे पार्टी सञ्चालन गर्ने विषयहरु होस् , त्यो नयाँ नेतृत्वले गर्छ । 

 

चुनाव अगाडि नै फुट्को अवस्था नआएको भए त तपाईंहरु पनि राष्ट्रिय दलको मान्यतामा पर्नुहुन्थ्यो होला, अब ढिला भएजस्तो लाग्दैन ?

 

हो हिजो फुट्को अवस्था नआएको भए हामी राष्ट्रिय दलको मान्यता पनि प्राप्त गर्न सक्थ्यौं , संसदको हाम्रो दरविलो उपस्थिती हुन सक्थ्यो । तर, त्यो बेला जे भयो भयो अब त्यही कुरामा पछि लागेर हिंड्ने स्थिती छैन ।

 

अर्को कुरा के भने अहिलेको तीनै राप्रपाको नेतृत्वमा भएका जो व्यक्तिहरु हुनुहुन्छ, वहाँहरु अधिंकाश चाहीं पञ्चायतकालिन पृष्ठभूमिबाट आउनु भएको छ । वहाँहरुले उमेरको कारणले राजनीतिमा सक्रियताको कारणले नयाँ पुस्तामा सैद्धान्तिक, बैचारिक आधार र संगठन समेत क्रमशः हस्तानान्तरण गर्दै जानुपर्ने परिस्थिती पनि विद्यमान छ ।

 

राप्रपालाई पञ्चेहरुको पार्टी भनेर आरोप पनि लाग्ने गरेको छ । तर राप्रपा पूर्व पञ्चहरुको पार्टी चाहीं होइन । राप्रपामा अझै पनि केही पञ्चायतको व्यक्तिहरु सक्रिय रुपमा हुनुहुन्छ । तर, तीनवटै राप्रपाको अवस्था हेर्ने हो भने ९९ प्रतिशत गैर पञ्च युवाहरुको सक्रियता रहेको छ । भावी दिन भनेको चाहे निर्वाचन होस्, चाहे पार्टी सञ्चालन गर्ने विषयहरु होस् , त्यो नयाँ नेतृत्वले गर्छ । 

 

हो म त्यही आउँदै थिए , २०४६ सालमा पञ्चात ढलेपछि त्यीनै पञ्चहरु मिलेर २०४७ सालमा यो पार्टी स्थापना भयो त्यो, पनि दुईवटा राप्रपा बनेर ।स्थापना दिनदेखि नै बेलाबखत जुट्दै फुट्दै आजको दिनसम्म आइपुग्यो । अबँ फेरि एक जुट हुने कुरा चलिरहँदा पूर्व पञ्चहरु मिलेर फेरी राजनीतिमा केही उथलपुथल गर्ने भए भन्ने हल्ला तथा बहसहरु भइरहेका छन् नि ?

 

रमाइलो कुरा गर्नुभयो तपाईंले । राप्रपा भित्र जति पूर्व पञ्चहरु छन्, त्यो भन्दा धेरै नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीभित्र छन् । अब पञ्चको ‘लिगेसी’ बोकेर हिड्नु पर्‍यो भने पनि काँग्रेस र कम्युनिष्ट पार्टीका मान्छेहरुले बोकेर हिड्ने संभावना छ । 

 

अब राप्रपामा त्यो परिस्थिती छैन् । राप्रपा पार्टीभित्र पुस्तानान्तरण हुने अवस्थामा पुगिसकेको छ । त्यसकारणले गर्दा राप्रपालाई अब पनि पञ्चहरुको एजेण्डा बोकेर हिड्छ भन्नु चाहिँ  पञ्चायत गएको ३० वर्ष पश्चात् पनि त्यो सोच राख्नु गलत हुन्छ । 

 

एकिकरणको विषय हेर्दा चाहिँ नेपालको राजनीतिमा विवेकशिल साझा र नयाँ शक्ति पार्टीले भनेझै तपाईंहरु पनि मूलधारको काँग्रेस र कम्युनिष्टको विकल्प बन्न खोज्नु भएको हो ?

 

हामी त्यसै पनि तेस्रो शक्ति हौं । हिजो पनि थियौं । आज पनि परास्त भएको अवस्थामा पनि तीनवटै पार्टीको भोटलाई जोड्ने हो भने चौथो शक्तिको रुपमा रहेका छौं । चाहे संसदमा थोरै प्रतिनिधित्व होस् । त्यसकारण वुझ्नु पर्ने कुरा के हो भने राप्रपाको संगठनात्मक विस्तार देशको प्रत्येक गाउँ गाउँमा भएको छ । बैचारिक, सैद्धान्तिक बिचार बोकेको धरातलहरु आज पनि उत्तिकै सक्रिय छन् । जसलाई सांगठिनक रुपमा सवलिकरण ग¥यो आयामिक परिवर्तन गर्ने परिणाम दिन सक्छ भन्ने विश्वासले हामी जस्ता नयाँ पुस्ता राप्रपामा सक्रिय भएका हौं । 

 

कमल थापा नेतृत्वले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह एउटै हुनुपर्छ भन्ने अडान कसेको छ, के यो संभव छ ?

 

तीनवटा पार्टीको वार्ता पश्चात् के लिने के छोड्ने भन्ने विषयमा कुराकानी अवश्य हुन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने त हुँदैन । केही कुरा हामीले छोड्नु पर्ला, केही अरुले छोड्नु पर्ला । हामीले भनेकै कुरा, जे मागेका छौं शतप्रतिशत नै हुनुपर्छ भन्ने नहुन सक्छ । 

 

सैद्धान्तिक आधारमा पार्टी एकिकरणको कुराहरुको मिलेको छ । अहिले एउटा पक्षले स्थगन भएको वक्तव्य निकाल्यो । तर, राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीबीच संवादको प्रकृया अहिले पनि जारी छ । मुख्य कुरा भनेको एकिकरणलाई कसरी मुर्त रुप दिने भन्ने हो । अब मौखिक सहमति गरेर मात्र हुँदैन । दुवै पक्षको संयुक्त कार्यदल बनाएर काम गर्ने हो भने ठोस परिणाम आउँछ भन्ने कुरा हामीले स्विकार गरेर समिति बनाउने तयारी गरिरहेका छौं ।

 

तर थापा पक्षले हामीले भनेकै हुनुपर्छ भनेको छ नि ?

 

थापा पक्षले त्यो अडान राखेको छ, हामीले पनि राखेका छौं । हामी पनि हलो नै चुनाव चिन्ह हुनुपर्दछ भन्ने अडानमा त छौं नि । तर पार्टी एकिकरण नै हुने परिस्थितीमा क–कसको के–के ग¥यो भन्ने कुरा आउँछ । एउटै पार्टीको सबै हुनुपर्दछ भन्ने कुरा चाहीं पार्टी एकिकरणको विषयमा सान्दर्भिक हुँदैन् । 

 

उसो भए त पार्टी एकिकरणका लागि अझै पनि पर्‍र्याप्त ‘होमवर्क’ पुगेको छैन ?

 

हो होमवर्क अझै गर्न बाँकी छ । पर्याप्त म भन्दिन, सैद्धान्तिक आधारमा पार्टी एकिकरणको कुराहरुको मिलेको छ । अहिले एउटा पक्षले स्थगन भएको वक्तव्य निकाल्यो । तर, राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीबीच संवादको प्रकृया अहिले पनि जारी छ । मुख्य कुरा भनेको एकिकरणलाई कसरी मुर्त रुप दिने भन्ने हो । अब मौखिक सहमति गरेर मात्र हुँदैन । दुवै पक्षको संयुक्त कार्यदल बनाएर काम गर्ने हो भने ठोस परिणाम आउँछ भन्ने कुरा हामीले स्विकार गरेर समिति बनाउने तयारी गरिरहेका छौं । 

 

तपाईंको अध्यक्ष रिर्पोटस क्लवमा गएर थापा पक्षका कारण एकता भएन भन्ने । राप्रपाका अध्यक्ष कमल थापा ट्वीट गरेर राणाजीले गर्दा एकिकरण भएन भन्ने । अनि यस्तो आरोप प्रत्यारोपले एकिकरण संभव छ भन्ने आधार चाहिँ के नि ?

 

यो आरोप प्रत्यारोप हैन । दुबै पक्षले आफ्नो ‘स्ट्याण्ड’ राखेको हो । तर राप्रपा पक्षबाट हतारमा प्रतिकृया आयो । त्यो प्रतिकृया आउन जरुरी थिएन । आखिर राप्रपा समेत एकता प्रकृयामा समावेस हुँदा हतारमा प्रतिकृया आवश्यक थिएन । एउटाले प्रतिकृया दिएपछि अर्कोको तर्फबाट पनि प्रतिकृया आउनु स्वभाविक हो । यसले वार्ता प्रकृयालाई अवरोध गर्ने बढी संभावना हुन्छ । एकता प्रकृया चलिरहेको अवस्थामा यस्ता कृया प्रतिकृया गर्नु चाहीं उचित हुँदैन । 

 

पार्टीको जिम्मेवार प्रतिनिधीको आधारमा जवाफ दिंदा यो एकता प्रकृया कहिलेसम्म हुने देख्नुहुन्छ ?

 

यो सम्पूर्ण प्रकृयाहरु दुई तीन हप्ता भित्र सम्पन्न हुन सक्छ ।

 

उसो भए महिना दिन भित्र एकिकृत राप्रपा देख्न सकिन्छ ?

 

संभवतः सकिन्छ । साथै राष्ट्रवादी चिन्तन र बिचारमा समाहित हुने सबैखाले व्यक्ति तथा पार्टीहरु राप्रपामा समाहित हुन्छन् । म चाहीं तीनवटै पार्टीको संयुक्त केन्द्रिय समिति , कार्यसम्पादन समिति महाधिवेसनसम्मका लागि बन्ने स्थिती देख्छु ।

साथै तीनवटै पार्टीका अध्यक्षहरुको संलग्नतामा अध्यक्ष मण्डल बनेर पालैपालो चक्रिय रुपमा बैठकको अध्यक्षता गर्ने तयारी भएको छ । साथै पुस्तानान्तरणको कुरा भइरहँदा नयाँ पुस्ताका साथीहरुलाई पनि नीति निर्माण तथा निर्णय गर्ने ठाउँसम्म लैजाने भन्ने कुरामा नेतृत्व र कार्यकर्ता सहमत भएका छन् । 

 

तपाईंहरु अब जुटिरहँदा खेरी देश र जनतालाई के फाइदा हुन्छ ?

 

राष्ट्रवादी संस्थाको खाँचो छ मुलुकमा । राष्ट्रवादको कुरा देशमा हुन कम हुन थालेको छ । देशमा विखण्डनको कुराहरु उठिरहेको स्थिती छ । राजनीतिक शक्तिहरुको बीचमा मेलमिलापको स्थिती छैन् । राप्रपा समन्वयकारी नीति लिएर हिंडेको पार्टी हो ।

 

त्यसकारण राष्ट्रिय एकताको निम्ति राप्रपा एक हुन अत्यन्त आवश्यक छ र विकल्प पनि छैन । आम कार्यकर्ता र जनताको भावना पनि त्यही हो भन्ने मेरो बुझाई छ । सत्ता पक्ष र प्रतिपक्षले राष्ट्रको भन्दा पनि दल निकट एजेण्डाहरु बोकेर हिंडेको छन् । राप्रपा चाहीं दलको भन्दा राष्ट्रको मुद्दा बोकेर हिंड्ने पार्टी हो । जनता पनि राप्रपा एक भएको हेर्न चाहन्छन् । 

 

प्रस्तुतिः रोमन आचार्य ( @jornalist_roman )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार