• शनिबार १-८-२०८१/Saturday 04-20-2024
प्रविधी

ड्राइभरको निद्रा पुग्यो कि पुगेन ? यसरी पत्ता लाग्छ 

एजेन्सी । विश्वमा दैनिक नयाँ नयाँ प्रविधिको विकास भइरहेका छन् । केही साता अघि बैज्ञानिकहरुले ब्लड टेष्ट गर्ने प्रविधिको विकास गरेका छन् ।

 

उक्त प्रविधिले कुनै ब्यक्तिको निद्रा पुगेको छ वा छैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

 

यसबाट लामो दुरीको यात्राका ड्राइभरहरुको निद्रा पुगेको वा नपुगेको थाहा पाउन सकिने छ र सडक दुर्घटनामा कमी आउने छ ।

 

ब्रिटेनको युनिभर्सिटी अफ सरेका डर्क जेनको नेतृत्वमा गरिएको सो अनुसन्धानमा एक रात नसुतेका ३६ सहभागीहरुको रगतको नमुना अध्ययन गरी उनीहरुको जीनको व्यावहारिक स्तर पहिचान गरिएको थियो ।

 

यो भन्दा पहिले सामान्य भन्दा १ वा २ घण्टा कम मात्र निद्रा पुगेका सवारी चालकहरुले गाडी चलाएमा दुर्घटना हुने सम्भावना दुई गुणा बढ्ने रहस्य पत्ता लागेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार