• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

अब ड्रोनले घर-घरमा सामान पुर्‍याउने !

एजेन्सी । ड्रोन तस्विर र भिडियो खिच्न देखि युद्धमा समेत प्रयोग हुँदै आइरहेको विश्वब्यापी प्रविधि हो ।

 

तर अब ड्रोनले घर घरमा सामान पुर्‍याउने काम पनि गर्ने भएको छ । यसको परीक्षण भइरहेको छ ।

 

अष्ट्रेलिया ड्रोनमा आधारित होम डेलिभरीको व्यवसायीक सेवा शुरु गर्ने पहिलो देश हुने भएको छ ।

 

एक कम्पनी अल्फबेटको एक फर्म बिंगले ड्रोनमा आधारित होम डेलिभरी सेवा शुरु गर्न लागेको हो ।

 

सिन्हवाकाअनुसार सन् २०१९ देखि अष्ट्रेलियाको क्यानबेराको आसपासको क्षेत्रहरुमा ड्रोनको माध्यमबाट होम डेलिभरी सुरुहुनेछ ।

 

क्यानबेराको निधारित क्षेत्रहरुमा उपभोक्ताहरुलाई ड्रोनद्धारा विभिन्न घरेलु सामानहरु होम डेलिभरी गर्नेछ । ड्रोनले अधिकतम १२५ किलोमिटर प्रतिघण्टाको गतिमा उडेर सामानहरु पुर्‍याउनेछ ।

 

यो सेवामा प्रयोग हुने ड्रोनको तौल ४.५ किलोग्राम छ भने यसले १.५ किलो तौलसम्मको सामानहरु उपभोक्ताहरुसम्म पुर्‍याउनेछ ।

 

यसको अपरेटरले एकै समयमा एक भन्दा अधिक ड्रोनको उडानलाई नियन्त्रण र अनुगमन गर्न सक्नेछ । यस बाहेक यो ड्रोन आफैं स्वचातिरुपमा आफ्नो गन्तव्यसम्म पुग्न सक्षम रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार