• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

राष्ट्रकवि  सम्मानित

काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित भएका छन् । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित सम्मानित भएका हुन । 

 

राष्ट्रकवि घिमिरेले साहित्यमा पुर्‍याउनु भएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उनलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिए । 'राष्ट्रकवि घिमिरेका कविताको जति प्रशंसा गरे पनि सकिँदैन ', उनले भने । सुदुरपश्चिम क्षेत्रमा रहेको प्रतिष्ठानले राष्ट्रका लागि योगदान पुर्‍याउने सर्जकलाई यस पुरस्कारबाट निरन्तर सम्मानित गरिने उनले बताए । सो अवसरमा सुदूरपश्चिम क्षेत्र देशकै लागि संस्कृतिको उद्गम स्थल रहेको राष्ट्रकवि घिमिरेले बताए ।

 

प्रतिष्ठानले प्रदान गरेको सम्मानप्रति उनले हर्ष व्यक्त गरे । पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले राष्ट्रकवि घिमिरेको जति प्रशंसा गरे पनि नपुग्ने बताए । सोही क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले सर्जकलाई प्रदान गरिने यस्ता पुरस्कारले थप हौसला मिल्ने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार