• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अन्तर्वार्ता

‘विधी र प्रक्रिया मिचेर अगाडी बढ्ने विरुद्ध अडिग छु’

तीनदशक सामाजिक सेवामा बिताएकी बिष्णु कुमारी कँडेलले समाजका विभिन्न समस्याहरुलाई नजिकबाट बुझ्ने अवसर पाइन । नेपाली समाजमा भएका कुरुती र महिला हिंसाका घटनाका विरुद्ध आवाज उठाउँदै आएकी कँडेलले १५ बर्ष विभिन्न भूमिकामा रहेर गैरसरकारी संस्था ‘भिडीआरसी नेपाल’मा काम गरिन । उनी स्कुले जीवनमा राजनीतिक कार्यक्रमहरुमा सहभागी भइरहन्थिन् । 

 

राजनीतिमा भएको उनको झुकावले अहिले उनी जनतासंग प्रत्यक्ष रुपमा जोडिएकी छन् । स्थानियतहको चुनावमा नेपाली कांग्रेसले उनको क्षमतामा विश्वास गर्‍यो । अहिले उनी गैंडाकोट  नगरपालिकाकी उप–मेयरका रुपमा कार्यरत छिन् । न्यायिक समितिको संयोजक, राजस्व परामर्श समितिको संयोजक पनि उप–मेयर रहने व्यवस्था छ । नगरपालिकामा उनको विजयले धेरै महिला दिदीबहिनी हौसिए । नगरबासीलाई बिकास र आधारभूत सेवा सुविधा दिनुपर्छ र उनीहरुको जीवनस्तर उकास्न विष्णु लागिपरेकी छन् । उपमेयर भइसके पछिका कामकारवाही के कसरी अगाडी बढ्दै छन् भन्ने सन्दर्भमा फ्रेसन्यूज नेपालले उनीसंग गरेको कुराकानी :-

 


तपाईले प्राप्त गर्नु भएको जिम्मेवारीलाई अगाडी बढाउन कतिको सहज छ ?

पक्कै पनि यो एउटा कठिन कामहो । यहाँ सबै आस्था र विचार राख्ने साथीहरु हुनुहुन्छ ।सबैका कुराहरुलाई सुन्दै नगरपालिकाका गतिविधीहरुलाई अगाडी बढाउनु पर्नेहुन्छ । म यहिं क्षेत्रको भएकाले पनिमलाई काममा केही सहज महशुस भएको छ ।समय–समयमाविधी र प्रकृयालाई मिचेर अगाडी बढ्ने प्रयत्नहरु हुन्छन् तर म सही के हो त्यसमा अडिग हुन्छु । यदि कुनै कार्य कानुन बिपरीत छ भने म त्यसको विरोध गर्छु ।

 

नगरपालिकामा विभिन्न विवादका विषयहरु लिएर आउनेको संख्या बढ्दो छ भनिन्छ, खासमा कस्ता समस्याहरु आईरहेका छन् ?

बर्षौदेखि जकडिएर रहेका विवाद,महिला हिंसा, कुटपिट, आर्थिक लेनदेनका मुद्दाहरु आउने गर्छन । हाम्रो अधिकार क्षेत्र भित्र पर्ने विवादमा हामीले छलफल र मेलमिलापबाट मिलाउछौं । कतिपय मुद्दाहरु मेलमिलाप बाटै पनि समाधान भएका छन् । हाम्रो कार्यक्षेत्र भित्रनपर्ने जटिल मुद्दाहरुको हकमा अदालत जाने सल्लाह दिन्छौं । 


न्यायिक समिती भन्नासाथ कानुनी कामकारवाही र यससँग सम्बन्धीत शब्दावलीहरुले विवाद समाधन प्रक्रियामा जटिल भयो भन्ने आवाजहरु पनि आएका थिए । के यो सत्य हो ?

जसले उपमेयरको जिम्मेवारी सहाल्दै आउनु भएको छ उहाँहरु सबैले औपचारिक रुपमा कानुनको अध्ययन गर्नु भएको छैन् । केहीले औपचारिक शिक्षालिनु भएपनि सबैले नलिएको हुन सक्नुहुन्छ । न्याय सम्पादनका क्रममा कतिपय अवस्थामा मैंले पनि जटिलता महशुस गरेको छु । हामीले सरकार संग प्रशिक्षणको माग राखेका थियौं । विभिन्न विषय विज्ञहरुले हामीलाई तालिम र परामर्शहरु दिनुभयो जसले कार्यसम्पादनमा सहजता ल्याएको छ । 

 

गैंडाकोट आफैंमा समृद्ध नगरपालिका मानिन्छ । तर पनि पहिल्लो समयमा बढ्दै भएको फोहोर व्यवस्थापन किन प्रभावकारी हुन नसकेको हो ?

नगरपालिकाले महिनौं देखीयसतर्फ कामगर्न खोजेको हो । विभिन्न संघ सस्थासंग मिलेर फोहोरलाई मोहोरमा रुपान्तरण गर्नतर्फ हामीले पहलगरिरहेका छौं । यो समस्या छिटै समाधान हुन्छ । यो क्षेत्रको  फोहोर संकलन बर्गीकरणतर्फ नगरपालिकाले चासो दिएको छ । 

 

नवलपरासीमा बढ्दो महिला हिंसाका घटना न्युनिकरणमा नगरपालिकाले चेतनामूलक कार्यक्रममा खासै चासो नदिएको जस्तो देखियो नी?

यसतर्फ हामी संवेदनशिल छौं । बदलिदो परिस्थीति मा महिला हिंसाका घटनाहरुका अनेकौ रुप देखिएका छन् । एसीड आक्रमण,बलत्कार पछिहत्या जस्ता घटनाले समाजमा एक किसिमको त्रास पैदा भएको छ । म आफू महिला भएको नाताले पनि यि बिषयमा अझै गम्भीर भएर लाग्ने छु ।

 

महिला र बालवालिकाको पक्षमाजुन रुपमा काम हुनुपर्ने हो त्यो नभएकै हो ?

यो अहिलेको अत्यन्तै जल्दोबल्दो बिषयहो । यसतर्फ स्थानिय सरकार देखि केन्द्रीय सरकार उत्तिकै ।

 

समृद्धिकोनारा लगाउदैं गर्दा आधारभुत आवश्यकता पनि नपुगेका गुनासाहरु आइरहेको जस्तो लाग्दैन यहाँलाई ?

केन्द्र देखि नै समृद्धिको नारा ब्यापकरुपमा लगाइएको छ तर स्थानिय स्तरमा जनताका सामान्यभन्दा सामान्य आवश्यकतापनि पुरा हुननसकेको यथार्थ हाम्रा अघि छ । बिकासका कतिपय साझा एजेण्डामा पनि मत भिन्नताहरु देखिए । जसको प्रत्यक्ष असर आमजनतामा परेको छ । बिकास निर्माणका काममा हामीबीचमा मतभेद हुनुहुदैंन भन्ने लाग्छ ।

 

 

आएका समान्य मतभेदहरुलाई छलफलका माध्यमबाट समाधान गर्दैजाने गर्नुपर्छ । हाम्रो कार्यकाल ५ बर्षको हो । निर्वाचनबाट जुनमत परिणाम आयो त्यसलगतै हाम्रा कामकारवाहीहरु मा तदारुकता आउनु पर्ने थियो त्यसमा केही ढिलाई पनि नभएको होइन । काम गरेको ८ महिना हुँदै गर्दा अब हामीले स्थानीयलाई अनुभूतिहुने कार्यक्रमगर्नुपर्छ भन्नेमा खटिएका छौं ।

 

नगरलाई समृद्ध बनाउन यहाँहरु के गर्दै हुनुहुन्छ ?

स्वस्थ खानेपानी, सुत्केरी महिलाको पोषण, पछाडी पारिएको गरिब बिपन्न बर्गलाई पहिलो प्रथमिकतामा राखेर कामगर्दैछौं ।

 

बजेटबाँडफाँड महिला मैत्रीहुने कुरामा यहाँ कत्तिको चनाखो हुनुहुन्छ ?

यो अत्यन्तै आवश्यकपनि छ । म आफैं पनि महिला भएको नाताले यसमा म पहल गर्छु । गर्दै पनि आएको छु । खास गरी सुत्केरी महिलाहरुलाई पोषिलो आहार तथा बालबालिका सम्बन्धी हामीले भन्दै आएको बालमैत्रीनगर बनाउनको लागि प्रयासरत छौं ।

 

 

अधिकांश बजेट भौतिक बिकास निर्माणमा हुने हुँदा यि विषयहरु प्रथमिकतामा कम परेको जस्तो पनि देखिन्छ । आगामी दिनका निती तथा कार्यक्रम तर्जुम गर्न चरणमा नै यि विषयमाअझै गहन छलफल हुन सक्यो भने प्रभावकारी हुनसक्छ भन्ने लाग्छ ।

 

प्रस्तुति : देवी सापकोटा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार