• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

किशोरीहरुको समर क्रेज पहिरन

मोडल : ममता, आशा र रुपा

शर्ट हाफप्यान्ट 

काठमाडौं । गर्मी मौसममा मोडल एव नायिका महिमा सिलवाललाई क्वाटर हाफप्यान्ट  लागाएर स्कुटी चलाउनुको मज्जा नै बेग्लै   लाग्छ रे । एकातिर झरी अनि बर्षाले त्यति फरक नपार्ने त अर्कोतिर गर्मीमा केही भएपनि राहत पाउने भएकोले उनी हाफपेन्टमा सहज हुने बताउँछिन् ।

 

 

महिमा  जस्तै अचेल हाफप्यान्ट  शर्टसमा स्कुटी चलाउने किशोरी तथा युवतीहरु माझ होडबाजी नै चलेको छ । गएको वर्षहरुमा भन्दा यो बर्ष हाफप्यान्ट  शर्टस लगाउने फेशन व्हात्तै बढेको पाइन्छ ।  सम्भवत सहज तथा सरल अनि हेर्दा सेक्सी एव कुल देखिने भएको कारण किशोरीहरुमाझ  हाल्फपाइन्टको फेशन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ ।

 

घुडाँभन्दा अलि माथि लगाइने हाफप्यान्ट  शर्टस बिशेष जिन्सको लगाउने प्रचलन बढी पाइए पनि  अचेल विभिन्न कलरमा कटन ,खादीको साथै अन्य सामाग्रीको हाफप्यान्ट  शर्टसहरु पनि समर सिजनको लागि सहज भएका छन्  ।  सेक्सी एव आकर्षक देखिने भएकोले यो पहिरन प्रति सबै युवतीहरु क्रेजी बनेको पाइएको छ । हाफप्यान्ट  लगाउनमा बढी रुची राख्ने नायिकामा रेखा थापा अग्रपंक्तिमा नै देखिएकी छिन् । उनी अभिनित ९० प्रतिशत चलचित्रहरुमा  हाफप्यान्ट  शर्टस  नै लगाएकी हुन्छिन् । अहिले आएका नयाँ नायिकाहरुको लागि हाफप्यान्ट  कमन फेशन नै भैसकेको छ ।

 

 

बिश्वको इतिहास हेर्ने हो भने हाफप्यान्ट शर्टस युरोपमा १९ औ सताब्दी तिर केटाहरुले मात्र प्रयोग गर्ने गरेको पाइएको छ ।  २०औं सताब्दीओ अन्त्यमा आएर केटाकेटी दुवैले समानरुपमा यसको प्रयोग गर्न थालेको पाइएको हो । सन् १९६० र १९७० मा हाफप्यान्ट  शर्टस एव हटपेन्ट हिप र खुट्टा राम्रा हुने युवतीहरुमाझ निक्कै नै लोकप्रिय भएको मानिएको छ । घुडाँ भन्दा माथि अर्थात् त्यसभन्दा पनि माथि पेल्भिक एरिया देखि कम्मर सम्म लगाइने पहिरनलाई शर्टस हाल्फपाइन्ट भनिन्छ, लगाउँदा कम्फर्ट हुने हाफप्यान्ट  शर्टस ट्राउजरको छोटो रुप हो ,जुन समरको लागि किशोरीहरुको पहिलो च्वाइसमा पर्न आउछ । यो पहिरनको बिशेषता भनेको नै लगाउँदा सहज एव आरामदायी हुनु हो । शर्टस विभिन्न डिजाइन,मटिरियल तथा विभिन्न प्रयोग स्पोर्ट्स, वकिंग,स्वीमिंग,क्लाइम्बिंग र क्याजुवेल वेयरको लागि उपलब्ध छन् । एथलेटिक्स हाफप्यान्ट  शर्टसहरु स्पोर्ट्स एव जिमहरुको लागि प्रयोग हुन्छ, जुन  लुज फिटिंग नाइलनले बनेको हुन्छ । त्यस्तै दौडन र बाइकिंगको लागि बिशेषरुपमा बनाइएको हाल्फपाइन्ट शर्टस टाइट फिटिंग लाइक्राबाट तयार पारिएको हुन्छ,जसको प्रयोगले चल्न सजिलो हुन्छ ।  अचेल वकिंग  गर्दा प्रयोग हुने शर्टस वकिंग  भन्दा बढी स्टाइल एव फेशन भएको छ जसलाई युवतीहरुले क्याजुवेल वेयरको रुपमा प्रयोग गर्न थालेका छन् साथै समरवेयरको लागि उनीहरुले हाफप्यान्ट  शर्टसलाई पर्फेक्ट पहिरनको रुपमा अपनाएको पाइएको छ । 

 

शर्टस हाफप्यान्ट   छनौट गर्न अघि आफनो बडी साइज अनुसार मिल्छ मिल्दैन एव आफुलाई सुहाउछ सुहाउदैन त्यसमा ध्यान दिन आवश्यक छ ।

 

शर्टसका केही डिजाइनहरु :

हटपेन्ट र शर्ट शर्टस

यस्तो हाल्फपाइन्ट धेरै छोटो लम्बाई हुन्छ । हटपाइन्ट कटन ,नाइलन एव अन्य मटिरियल बाट तयार पारिन्छ। खुट्टा मसिनो भएकाहरुले हटपेन्ट नलगाए कै  राम्रो हुन्छ ।

बर्मुदा शर्टस

यस्तो किसिमको शर्टस सेमीक्याजुवेलको रुपमा प्रयोग गर्न सकिन्छ जसको घुडाँसम्म लम्बाई हुन्छ । यसको प्रयोगले ड्रेसी लुक दिन्छ नै त्यसको साथसाथै रिच फेब्रिक  एव एक्सेसरिज संग प्रयोग गर्दा एलिगेंट लुक पाउन सकिन्छ । बर्मुदा शर्टस फिरेलटप्स र ज्याकेट संग राम्रो देखिन्छ  ।  मोटो खुट्टा भएकाहरुलाई यस्तो शर्टसले सुहाउँछ ।

मिडलेन्स शर्टस

यस्तो किसिमको शर्टस ७ देखि ८ इन्च सम्मको हुन्छ्र यो शर्टस दिउँसोपखको लागि उपयुक्त हुन्छ ्रमोटो थाई भएकाहरुले यस्ता शर्टस प्रयोग गर्न सक्छन् ।

नी लेन्थ शर्टस

नी लेन्थ शर्टस घुडाँ सम्मको हुन्छ ्रयस्ता शर्टस छोटो खुट्टा भएकाहरुले प्रयोग नगर्दा राम्रो हुन्छ, किनकी छोटो खुट्टा बढी छोटो देखिने हुन्छ्र लामा खुट्टा भएकाहरुलाई नी लेन्थ शर्टस पर्फेक्ट हुन्छ ।

लो साइज शर्टस

यो शर्टस वेस्ट लाइन भन्दा केही इन्च तल देखि सुरु भएको हुन्छ  । लो साइज शर्टस आवर ग्लास फिगर एव पियर शेप बडी हुनेहरुलाई बढी सुहाउछ ।

प्लीटेड शर्टस

फ्लेट बडी हुनेहरुलाई प्लीटेड शर्टस पर्फेक्ट मानिन्छ किनकी यस्तो शर्टसले फ्लेट हुनेहरुको बडी भोलुय्म बढाउछ । हिप र थाई ठुला हुनेहरुले प्लीटेड शर्टस प्रयोग गर्न हुदैन । सानो हिप भएकाहरुले यसको प्रयोग गर्दा उपयुक्त हुन्छ ।

 

प्रस्तुति  : जयन सुब्बा मानन्धर 

तस्वीर : कमल श्रेष्ठ

 

          


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार