'पट्टि डिजाइनको डिजाइनर वेयर्स'
यसपटकको डिजाइनर कुनोमा फेशन डिजाइनर एलिना कार्कीले तयार परेका पट्टि डिजाइन गरिएको लेहेंगा सेट एव साडीहरुको आकर्षक नमुना प्रस्तुत गरिएको छ । यसलाई साझको समयमा बिशेष अवसरमा प्रयोग गर्न सकिन्छ ।
१.नेभी ब्लु पट्टि डिजाइन साडी
यस नेभी ब्लु साडीमा सिल्भर पट्टि डिजाइनका ,साथै स्लिभर प्याच वर्क एव कढाई वर्क पनि गरिएको छ । यसमा कन्ट्रास देखिन मरुन स्लिभलेश ब्लाउज डिजाइनर ब्लाउज प्रयोग गर्न सकिन्छ ।
२.गोल्डेन पट्टि डिजाइन लेहेंगा चोली सेट
गोल्डेन लेहेंगामा सिल्भर नेट पट्टि डिजाइन गरिनुका साथै नेट सिल्भर सलमा गोल्डेन पट्टि डिजाइन गरिएको छ । गोल्डेन नेट मिक्स ब्लाउजको बाहुलामा स्लिट डिजाइनले यो लेहेंगा सेटमा मोडेल ममता अझ आकर्षक देखिएको छ ।
३.नेट पट्टि डिजाइन साडी
सिमर र नेट फेब्रिक प्रयोग गरि तयार पारिएको साडीमा मरुन पट्टि डिजाइन गरिएको छ ्रयस साडीमा म्यचिंङ मरुन स्लिभलेश ब्लाउज प्रयोग गर्न सकिन्छ ।
फेशन डिजाइनर, एलिना कार्की
तस्बिर : कमल श्रेष्ठ
प्रस्तुति : जयन सुब्बा मान्नधर
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस