• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फेशन

पोखरामा 'रेन्टरटेन्मेन्ट फेशन शो' सम्पन्न 


काठमाडौं । इभेन्ट फर यु को व्यवस्थापनमा गत शनिबार पोखरामा 'रेन्टरटेन्मेन्ट' कार्यक्रम सम्पन्न भएको छ । हरेक बर्ष आयोजना गरिने पोखराको लेकसाईड स्थित व्यन्जन रेष्टुरेण्टले आयोजना गरेको पाँचौ संस्करणको 'रेन्टरटेन्मेन्ट कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो ।

 

 

फेशन शो सहित बेली डान्स सहितको प्रस्तुतिमा कृत्रिम वर्षातमा पोखरेलीले रमाईलो गरेका छन् । बी जी वेयर्सको तीनवटा सिक्वेन्समा काठमाडौंका ४ जना मोडलहरु क्रमश दिव्या महर्जन, सोनिया बिस्वकर्मा, निक्की श्रेष्ठ, मुस्कान गुरागाईं र पोखराका ४ जना मोडलहरुको  र्याम्पमा आकर्षक प्रस्तुति रहयो । साथै अन्य फेशन शो भन्दा अलि भिन्न किसिमको सिक्वेन्स प्रस्तुती रहेको 'रेंटरटेन्टमेन्ट' फेशन शोको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी हुन् ।

 

 

 

शो स्टपर सुभेक्षा खड्का एव होस्ट निकिता आचार्य रहेको थियो । कार्यक्रममा भुनिया हरिशा  बानियाले आफ्नो ग्ल्यामर एवं मादक प्रस्तुति मार्फत दर्शकलाई झुमाइन। युवायुवतीहरुको अत्याधिक सहभागिता रहेको कार्यक्रममा कृत्रिम वर्षातमा पानीको फोहोरा मा कम्मर मर्काएर दर्शकले मज्जा लिईरहेको दृष्य आर्कर्षित देखिन्थ्यो ।

 

 

दर्शकले कृत्रिम वर्षातमा गीत संगीत सहित रमाईलो गर्दै खानपिनको पनि मज्जा लिए । आन्तरिक एवं बाह्य पर्यटक दुवैको उल्लेखिय सहभागिता रहेको कार्यक्रम राती अबेर १२ बजे सम्म सञ्चालन भएको थियो ।

 

 

यस कार्यक्रममा डिजे फिन्जोक र डिजे आशिषले प्रस्तुति दिएका थिए । पारिवारिक वातावरणमा सम्पन्न भएको कार्यक्रममा बढि मात्रामा युवापुस्ताहरुको नै सहभागिता देखिन्थ्यो । कार्यक्रमको सफलताले उत्साहित बनेका ब्यन्जनका कार्यकारी निर्देशक बैभव पौडेलले अगामी दिनमा 'रेंटरटेन्टमेन्ट शो' लाई अझ बढी स्तरीय बनाउदै लगिने बताए । अर्को बर्ष अझ भब्यताका साथ गर्ने सोच बनाएको छु । 
 

प्रस्तुति : जयन सुब्बा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार