• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
श्रृङगार

रमाइलो तीज

सुषमा रावल (श्रेष्ठ)

-सुषमा रावल (श्रेष्ठ) 

तीज हिन्दु धर्मावलम्बीहरको महान चाड हो । यो पर्वमा गौरी शंखरको पूजा अर्चना  गरिन्छ । यो चाडमा महिला दिदी बहिनीहरु निरहार निर्जल ब्रत बस्ने गर्छन । यो ब्रत भाद्र महिनाका शुक्ल पक्षको तृतीया हस्त नक्षत्रको दिन मनाइन्छ जुन दिन कुमारी र सौभाग्यवती महिला दिदी बहिनीहरु भगवान गौरी शंकरको पूजा आरधना गर्छन । यो व्रत एकदमै कठिन छ ।

 

तीजको व्रत एक दिन पानी नपिएर निर्जल भएर बस्ने चलन छ । व्रतको भोलिपल्ट गोदान र पून्यपात गरेर मात्र तोडिने चलन छ । तीजको व्रत बसेपछि महिलाहरुमा पार्वती जस्तै श्रीमानको सुख भोगी सुखमय दाम्पत्य जीवन बिताउनुको साथै इच्छाएको बर प्राप्त हुन्छ भन्ने धारणा रहिआएको छ र साथै परिवारमा सुख समृद्धि आउँछ भन्ने प्रचलन पनि छ ।  तीजको व्रत बस्ने दिदी बहिनीहरुको सौभाग्य अटल रहन्छ भन्ने पौराणीक मान्यता छ । 

 

तीजमा व्रत बस्नु भनेको भगवान शिवको लागि माता पार्वतीले राखेकी हुनाले यसको महत्व अझ बढी छ । खासमा पौराणिक विधी अनुसार यो व्रत बस्दा पहिले पहिले दिदी बहिनीहरुले सूर्योदय हुनु भन्दा अगाडी उठी नुहाइ धुवाई गरी आफुलाई सोह्र श्रृंगार गरी गौरी–शंकर भगवानको पूजा अर्चना गरी माता पार्वतीलाई एकसरो सम्पूर्ण सौभाग्यका सामाग्रीहरु चाढाइन्छ । यो दिन सन्ध्या आरती गरी १०८ सुते अखण्ड दियो बालिन्छ र रातभर त्यो दियो निभ्न नदिनका लागि जागरण गरि भजन कृतन गर्ने चलन छ ।

 

पौराणिक भनाई अनुसार तीजको व्रत एकपल्ट लिइसकेपछि आजीवन लिनु पर्दछ । यो व्रत बस्ने महिलाहरु राती सुत्नु हुँदैन भन्ने बुझाई पनि छ । अहिले तीजमा व्रत बस्न महिलाहरुमा बदलिंदो समाजमा चाँडै पर्व, व्रत पूजा पाठकहरुको परिभाषा र तारिकामा पनि धरै आधुनिकता छाइसक्यो । 

 

श्रृृंगार
यस पर्वमा महिला दिदी बहिनीहरुले पारस्परिक डिजाइनका पहिरण लगाइन्छ । र साथै आफूलाई सोह्रश्रृंगार गरी बेहुली झै सजाउँछन् । तीज पर्व आउने एक दिन अगाडी दर खुवाउने र खाने प्रचलन छ । जसमा महिला दिदी बहिनीहरुले एक अर्कालाई सौभाग्यका सामानहर आदान प्रदान गरी मिठो मिठो खानेकुरा ख्वाई खाई दर खाने प्रचलन छ । यसरी ठूलालाई सानालाई सौभाग्यको सामान उपहार दिदा आफ्नो सौभाग्य पनि अटल रहन्छ भन्ने चलन पनि छ । तर आजको यो २२ औं शताप्दीमा आएर यो प्रचलनले नराम्रो विकृतीको रुप लिएको देखिन्छ ।

 

तीजमा रातो रंगलाई बढी मान्यता दिने चलन छ । आजभोलीको बदलिंदो समाजका परिस्थितीले गर्दा हो की मानव सभ्यताको उल्टो विकासले यो तिज पर्वलाई दिदी बहिनीहरले निकै नै आधुनिक तरिकाले मनाएको हामी पाउँछौं ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार