• शनिबार १-८-२०८१/Saturday 04-20-2024
साताको मोडल

रन वे क्रेजी रोमी

काठमाडौं ।  नैकाप निवासी रोमी खड्गी ग्यालमर क्षेत्रमा रुची भएकै कारण “दि र्याम्प” फेसन एण्ड मोडलिंङ एजेन्सीबाट मोडलिंङको ट्रेनिंग लिइन् र  धेरै र्याम्प  शो हरुमा सहभागी भइन्  । रोमीले म्युजिक भिडियो ,फेसन शुटका साथै आफ्नै होम प्रोडक्सनमा  ठुलो पर्दाको चलचित्र “नथिंग इम्पोसिबल” मा मुख्य भूमिकामा काम गरिसकेकी छिन् ।  शिक्षालाई प्राथमिकता दिने रोमीले केही समयको आफ्नो पढाईको लागि मोडलिङ ब्रेक गरिन । सामाजिकशास्त्रमा मास्टर डिग्री गरेपछि उनी पुन रनवे मा ब्यस्त बनिन् ।

 

नेपाल नेक्स्ट टप मोडल सिजन ३” मा उनले फर्स्ट रनर अप एव “बेस्ट पर्सनालिटी” को उपाधि जितेकी थिइन ।  मोडलिङ सँगै उनलाई डिजाइनिङमा पनि रुची छ । आई आई एफ टि बाग बजारमा फेसन डिजाइनिङमा प्रशिक्षण लिईरहेकी रोमीले “सिन्ड्रेला नेपाल २०१७” मा बेस्ट ड्रेस को उपाधि पनि जितेकी छन्  ।

 

नेपालको चर्चित सेलेब्रेटीहरुको डिजाइन गर्ने उनलाई रहर छ  । यसबाहेक उनी रन वे को एकदमै क्रेजी छन्  । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार