• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
श्रृङगार

तीजको महत्व

काठमाडौं । तीजको बेलामा रातो रंगको छुट्टै महत्व हुने गर्दछ ,तर त्यसबाहेक रातो रंगसँग बढी म्याच हुने  रंग भनेको हरियो र पहेलो नै हो ।  तीजमा प्राय महिलाहरुलाई  रातो साडी हरियो छड्के तिलहरी ,रातो ,पहेलो ,हरियो पोते एव चुरामा सजिएको देख्न पाइन्छ । सबैको पहिरन एव कलर्स प्रति आ –आफ्नै च्वाइस हुन्छ । 

 

तीज टिप्स

तीजको बेलामा भरसक निराहार ब्रत नबसेकै स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ । ब्रत बस्दा पानी एव फलफुलहरु खान नभुल्ने । 
तीजको लागि भनेर अनावशयक खर्च नगर्ने ।

 

तीजको बेलामा महिलाहरु दिनभरिनै नाचगानमा रमाउने भएकोले हेभी गरगहना लगाउनु हुँदैन किनकी यसको प्रयोगले असहज महसुस हुने गर्दछ ।  त्यसैले आफुलाई चाहिने जति मात्र लगाउनु पर्छ । 

 

त्यस्तै अनुहारमा  बाक्लो मेकअप लगाउनु हुँदैन । चर्को घाममा बढी मेकअप गर्नाले लतपत हुने सम्भावना हुन्छ । त्यसको साटो नेचुरल मेकअप नै पर्फेक्ट हुन्छ । 

 

तीजको बेलामा आफुलाई कम्फर्ट हुने पहिरनहरुको प्रयोग गर्नु पर्दछ । साडी नै लगाए पनि हल्का चिजहरुको हेबीवर्क नगरेको  साडीको प्रयोग गर्ने । 

 

पहिरन संगसँगै जुता एवं चप्पल प्रयोग गर्दा फ्लेट हील नै लगाउँदा कम्फर्टेबल हुन्छ ।

 

यदि तीजको साँझको पार्टी जाने हो भने हाइहील एव हेबी वर्क गरिएको साडी,कुर्ता सुरुवाल एव लेहेंगा चोली लगाएर जाने । त्यसै अनुरुप हेयरस्टाइल र मेकअपको गेटअप पनि सेट गर्नुपर्ने हुन्छ । 

 

अहिलेको तीजको बढदो फेशन ट्रेण्डलाई फलो गर्ने हो भने रेड ड्रेस नै लगाउनु पर्छ भन्ने रेडमा ग्रीन ,यल्लो एव अन्य कलर पनि मिक्स म्याच गर्न सकिन्छ । 

 

रेडको साटो मजेन्डा रानी कलर र ग्रीन कलरको साडीमा रातो ,हरियो एव पहेलो पोते अथवा मिलाएर चुरा लगाउँदा राम्रो देखिन्छ । 

 

ग्याल्यामर एव ट्रेण्डी देखिनको लागि टिनएज युवतीहरुले तीजको पार्टीमा साडी एव कुर्ता सुरुवालको साटो अन्य रेड ड्रेसहरु प्रयोग गर्न सक्नेछन्  । 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार