बुढ्यौलीपन र यसको रोकथाम
काठमाडौं । अहिलेको जमानमा व्यक्तिमा बुढ्यौलीपन आउनु कुनै नौलो कुरा होइन । यसलाई हामीले रोक्न सक्दैनौं तर केही हदसम्म कम गर्न सक्छौं । मानिसमा दुई प्रकारका बुढ्यौलीयुक्त छालाहरु देखा पर्छन । एउटा उमेर अनुसार बुढ्यौलीपन आउनु र अर्को खानपान, रहनसहन, र हर्मोन नमिल्नाले बुढ्यौलीपन हुन्छ । प्रायः जसो उमेर मै देखापर्ने बुढ्यौली छाला अल्ट्रावाइलेन्टन किरणको कारणले हुने गर्छ । कडा घामको कारणले छालामा दाग जस्तो देखा पर्छ जसलाई लिभर स्पट्स भनिन्छ ।
महिलाहरुमा छिटो बुढ्यौलीपन देखापर्नुको कराण धुम्रपान सेवनले पनि हो । धुम्रपान बढि सेवन गर्नाले महिलाहरुमा समयभन्दा अघि ने छालामा चाउरीपन आउँछ । बढ्दो उमेरको साथसाथै मानिसको छालाको आकषर्णमा पाि कमी देखिन्छ । अनुहार चमकहीन देखिन्छ । तर्सथ यस्तो छालालाई उचित पोषणको आवश्यक्ता पर्छ ।
मानिसमा बुढ्यौलीपन बिभिन्न कारणले गर्दा आउन सक्छ । जस्तै खराब खानपान, धुम्रपान र मद्यपान बढि सेवन गर्नाले, अनिन्द्रा लयायतका कारणहरुले मानिस छिटो बुढो देखिन्छ ।
यसमा दुईवटा मुख्य कारणहरु छन्:-
आन्तिरिक कारण
बाहिरी कारण
आन्तरिक कारण
उमेर संगसंगै तौलीया ग्रान्थि र पसिना ग्रान्थि निस्क्रिय भएर जानु
लामो समयसम्म बिरामी हुनु र मांसपेशीहरु खुम्चिनु
सन्तुलित आहारको कमी हुनु
महिनावारी असन्तुलित हुनु
धेरै चिन्ता लिनु र मानसिक तनाव हुनु
अनिन्द्रा हुनु
गर्भ निरोधक औषधिहरुको प्रयोग गर्नु
बाहिरी कारण
घामको कारण
बढी स्टीम लिनाले
खराब तथा सस्तो प्रशाधनको प्रयोग गर्नाले
नुन र चिनीको बढी सेवन गर्नाले
नियमित फेसियल नर्गनाले
सिरानी धेरै मोटो हुनाले
धुलो धुवाँमा बढी हिड्नाले
यसको उपचार
यसको रोकथाम गर्नको लागि पानी धेरै मात्रामा पिउने, पोषणयुक्त खाना खाने, रेगुलर एन्टी एजिङ फेशियल गर्ने, धुलो धुवाँबाट बच्ने, स्किन केयरका लागि सि टि एम पि एन को तरिका अपनाउने ।
(लेखिका श्रृंगार घर कम्पनी प्रा.ली. को संयोजक हुन)
प्रतिकृया दिनुहोस