• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।  

 

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो ।  यसअघि अघिल्लो वर्ष पनि मंसिर २९ देखि नै बैठक सुरु भएको थियो। नेकपा विधानमा भने स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने व्यवस्था छ ।

 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्तावहरू तय गरेको जानकारी दिए ।

 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । यो प्रतिवेदन अर्का अध्यक्ष ओलीसँगको परामर्शमा तयार पारिएको थियो।

 

केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल(भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार