• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

ब्रिटिश प्रधानमन्त्री जोनसन डाउनिङ स्ट्रीट फर्कने निश्चित

लण्डन । बोरिस जोनसन ब्रिटिश प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रीट फर्कने निश्चित भएको छ। बिहीवार भएको निर्वाचनमा उनको कन्जर्भेटिभ पार्टीले संसद्‍मा स्पष्ट बहुमत सङ्ख्या पुर्‍याइसकेको छ।

 

'नम्बर टेन' भनेर चिनिने प्रधानमन्त्री कार्यालयमा यसअघि उनी टरिजा मेलाई विस्थापित गर्दै आएका थिए। कन्जर्भेटिभ पार्टीको नेताको रूपमा उनी त्यसबेला एक लाख ६० हजार पार्टी सदस्यहरूमार्फत् मात्र छानिएको भनेर आलोचना हुनेगर्छ।

 

बिहीवार सम्पन्न आमनिर्वाचनमार्फत् अहिले भने उनलाई, उनको दललाई र उनले लिएको नीतिलाई मतदाताहरूले छानेका छन्। जोनसनले विभाजित विचार र उत्तेजनात्मक विवादहरूका बीचबाट आफ्नो करिअर तय गरेका हुन्। पहिले उनी पत्रकार थिए र पछि नेता भए।

 

पार्टीको नेतृत्वमा जित हासिल गरेपछि धेरैले उनलाई शक्तिमा रहिरहन पर्याप्त दक्षता नहुने सोचेका थिए। तर जोनसनले त्यसलाई गलत साबित गरिदिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार