• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

एक अध्ययनका अनुशार पुरुषहरुले महिलाको तुलनामा सजिलै तौल घटाउन सक्ने

काठमाडौं । तौल नियन्त्रणको विषय महिला र पुरुषमा फरक रुपमा लागु हुने गरेको एक नयाँ अध्ययनहरुले देखाएका छन् । यसमा पुरुषहरुले महिलाको तुलनामा सजिलै तौल घटाउन सक्ने दाबी गरिएको छ । गतवर्ष मात्र युनिभर्सिटी अफ कोपेनहागेनले आठ अन्य रिसर्च संस्थाहरुसँग मिलेर गरेको वैज्ञानिक अनुसन्धानपछिको नतिजाले पनि त्यही देखाएको थियो ।

 

यसमा अधिक तौल भएका २५०० मानिसहरुलाई आठ हप्ताको कठोर डायटमा राखिएको थियो । उनीहरु सबैमा एकै किसिमको क्यालोरी–कन्ट्रोल्ड डायट अपनाइएको थियो । तर अध्ययनको अन्त्यमा पुरुषहरु ११।८ केजी घटाउन सफल भएका थिए भने महिलाहरुले चाहिँ केबल १० किलो मात्र घटाउन सकेका हुन् ।


यो अनुसन्धानको विश्वव्यापी चर्चा भएको थियो जसले महिलाहरुलाई वास्तवमै पुरुषको तुलनामा तौल नियन्त्रण गर्न कठिनाइ हुने गरेको प्रमाणित गरेको हो ।


यसबारेमा प्रोफेसर इआन मेकडोनाल्डले भनेका छन्, “एउटै बडि मास इन्डेक्सलाई हेर्दा पनि पुरुषहरुमा ‘फ्याट–फ्रि मास’ अर्थात् बोसोरहित मसल्स बोसोयुक्त मसल्सको तुलनामा कम हुने गर्दछ । उनीहरुमा हुने हर्मोनका कारण त्यस्तो हुन्छ । त्यसैले पनि महिलाहरुलाई तौल नियन्त्रण गर्नमा केही कठिनाइ हुने गरेको छ ।”

 

हामीले एक्सरसाइज नै नगरे पनि शरीरमा धेरै मसल्स भए सजिलै क्यालोरी बर्न गर्न सकिन्छ । यस्तोमा पुरुषहरुमा कम फ्याट र बढी मसल्स हुने हुनाले नै उनीहरुले तुलनात्मक रुपमा बढी प्रभावकारी तरिकाले तौल नियन्त्रण गर्न सक्छन् । तर पुरुषहरुले छिटै तौल घटाउन सके पनि समयसँगै महिलाहरुसँगको भिन्नता कम हुँदै जाने गर्दछ ।

त्यस्तै शरीरले पोषक तत्व लिने कुरामा पनि महिला र पुरुषमा ठूलो भिन्नता पाइन्छ ।

 

महिनाबारीका कारण महिलाहरुको शरीरमा आइरनको आवश्यकता बढी हुने गर्दछ जसकारण पनि निश्चित डायटप्रति महिला र पुरुषको शरीरले भिन्दाभिन्दै प्रतिक्रिया जनाउने गर्दछ ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार