• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

पदक बिजेता खेलाडीलाई बालुवाटारमा आमन्त्रण, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गरेका छन्।

 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए। सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन्।  

 

'नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा उहाँले सम्बोधन गर्नुहुनेछु,' थापाले ट्विट गरेका छन् ।

 

प्रधानमन्त्रीको सम्बोधनको समय दिउँसो सवा २ बजेलाई तोकिएको छ। मंगलबार साग समापन समारोहलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्रीले सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए।

 

१३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ। नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार