• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाललाई ५१ स्वर्ण, फुटबलमा नेपालको सानदार जीत

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत् पुरुष फुटबलको स्वर्णपदक नेपालले हात पारेको छ ।

 

खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तिर भुटानले एक गोल गर्दै खेल बराबरीमा पुर्‍याएको थियो । 

 

दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्णपदक जितेको हो ।

 

यो सँगै नेपालले १३औं सागमा ५१ ओटा स्वर्णपदक जितेको छ । यो अहिलेसम्मकै सागको इतिहासमा नेपालको उत्कृष्ट प्रदर्शन हो । नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार