• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधन गरिँदै, मंसिर २९ मा नेकपाको स्थायी कमिटी बैठक

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विधान संशोधन गर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले विधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

 

यस्तै नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक पनि बोलाएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको हो । 

 

पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।

 

यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरि विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता श्रेष्ठले बताए ।

 

पार्टीमा उपाध्यक्षको व्यवस्था रहनेगरी संशोधनको प्रक्रिया अघि बढाइएको छ । आवश्यकता अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीमा प्रस्तुत गरेर  अनुमोदन गरिनेछ । त्यस्तै गरी विधानमा विशेष समन्वय कमिटी र विशेष कमिटीहरूको व्यवस्था गर्ने निर्णय भएको श्रेष्ठले बताए । 

 

बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ । बैठकमा संगठन विधागको तर्फबाट कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त प्रस्तावका बारेमा सचिवालयका सदस्यहरुले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र संगठन विभागसँग समेत परामर्स गरि अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको उनले बताए ।

 

नेकपाले उपनिर्वाचनको समिक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवक्ता श्रेष्ठका मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समिक्षा हुनेछ । १८ गते बसेको बैठकले सम्बन्धित कमिटीहरुलाई समिक्षा रिपोर्ट पठाउन निर्देशन दिएपछि केही कमिटीहरुको रिपोर्ट प्राप्त नभएका कारण सोमबार समिक्षा नभएको श्रेष्ठले बताए ।

 

त्यसैगरि केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्दीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धि प्रस्ताव महासचिव विष्णु पौडेल मार्फत प्रस्तुत गरी सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।

 

श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई विशेष दुत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताए । सोमबारको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्थास्थ्यका कारण अनुपस्थित थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार