• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

दक्षिण अफ्रिकाकी जोजीबिनी टुन्जी बनिन् मिस युनिभर्स

एजेन्सी । आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फाइनलमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले जितेकी छिन् । 

 

'म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ। म बच्चाहरूले मलाई र मेरो अनुहार हेरेर उनीहरूको अनुहार प्रतिबिम्बित भएको देखून् भन्ने चाहन्छु ।'

 

अमेरिकाको जर्जियामा भएको अन्तिम  प्रतिष्पर्धामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए। 

 

तुन्जीलाई फिलिपिन्सकी क्याट्रिओना ग्रेले मिस युनिभर्सको ताज लगाईदिएकी थिइन् । सन् २०१८ मा ग्रेलेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार