• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु

 

लहाज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकामा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स।६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स।१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको हो ।

 

महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिएका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार