• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

गुडिरहेको कार बिजुलीको पोलमा ठोक्किदा एकको मृत्यु केहि घाइते

बुटवल । कपिलवस्तुको बाणगंगा  नजिकै सोमबार बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 

पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुदा कपिलवस्तु नगरपालीका वडा नम्बर ९ बस्ने अन्दाजी ३० बर्षिय सुरेश पाण्डेको मुत्यु भएको छ ।


गम्भिर घाईते पाण्डेको ४ नम्बर स्थित सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।  

 

 तिब्र गतिमा गुडिरहेको कार बिजुलीको पोलमा ठोक्कीएर  दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।  अन्य ५ जना घाईते भएका छन् ।

 

 घाईते मध्ये २ जनालाई थप उपचारका लागी बुटवल लगिएको छ भने अन्य घाईतेहरुको कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भैरहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार