• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

गौरिकाको ह्याट्रिक संगै  नेपालको स्वर्णपदक संख्या ४५ पुग्यो


काठमाडौं । गौरिका सिंहले स्वर्णको ह्याट्रिक पूरा गरेर इतिहास रचे संगै १३ औं दक्षिण एशियाली खेलकुद ९साग० मा नेपालले थप दुई स्वर्ण जितेको छ ।

 

यो सहित नेपालको कुल स्वर्ण संख्या ४५ पुगेको छ । नेपालले अर्को स्वर्ण जुडोमा जितेको हो । शनिबारसम्म ४३ स्वर्ण जितेको नेपाललाई आइतबार गौरिकाले पहिलो स्वर्ण दिलाएकी थिइन । 

 

त्यस्तै  अर्को स्वर्ण जुडो खेलाडी देवकी खड्काले दिलाएकी हुन् । देवकीले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । सागको पदक तालिकामा ११४ स्वर्णसहित भारत शीर्ष स्थानमा छ ।

 

तेस्रो स्थानको श्रीलंकाको ३१, चौथो स्थानको पाकिस्तानको २६, पाँचौं स्थानको बंगलादेशको ८, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानको ६ वटा कास्यपदक रहेको छ । 

 

तेक्वान्दो
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

 

कराँते
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)


उसु
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

 

जुडो

देविका खड्का महिला ४५ केजी जुडो

 

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

 

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

गौरिका सिंह (महिला ४०० मिटर फ्रिस्टाइल)


एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

गोपी चन्द पार्की (पुरुष ५००० मिटर )

किरण सिंह बोगटी (म्याराथन)

ट्रायथलन
सोनिका गुरुङ (महिला)


दुवाथोलन
हिमाल टमाटा


भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)

विकास थापा (८९ केजी समूह)

कुस्ती

संगिता धामी (महिला ५५ केजी)

गल्फ
सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार