• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कांग्रेस नेता पक्राउको बिरोध

चितवन । नेपाली कांग्रेस चितवनले झुठा मुद्धा लगाई आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै गंभीर आपत्ति जनाएको छ । ईच्छाकामना २ का वडाअध्यक्ष र नेकपाका वडा सचिवसंग स्थानीयले गरेको प्रतिकारलाई नेकपाले राजनीतिक रंग दिएको कांग्रेसको आरोप छ ।

 

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिको स्वयं सत्तारुढ दल र स्थानीय प्रहरी प्रशासन जिम्मेवारी हुने चेतावनी दिइएको छ।

 

ईच्छाकामना २ का वडाध्यक्ष प्रकाश बुढाथोकी र नेकपाका वडा सचिव पञ्चबहादुर चेपाङलाई आक्रमण गरेको आरोपमा प्रहरीले कांग्रेसका स्थानीय नेताद्वय उत्तर बहादुर गुरुङ र बृषबहादुर गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु निर्दोष रहेको र झुट्टा मुद्धा लगाईएको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठद्वारा जारी बिज्ञप्तिमा जनाएका छन् ।

 

'यस विषयमा पार्टीका सक्रिय स्थानीय नेताको नाम जोडेर नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति प्रकाशित गरी वडा अध्यक्षको गलत कार्यको प्रोत्साहन गरेको प्रति कांग्रेस घोर आपत्ति प्रकट गर्दछ,' विज्ञप्तीमा लेखिएको छ ।

 

घट्नाप्रति खेद व्यक्त गर्दै सभापति श्रेष्ठले उनीहरुलाई अबिलम्व रिहाई गर्न माग समेत गरेको छ । आफुहरुको मागलाई बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने उत्तेजित परिस्थितीको जिम्मेवार सम्बन्धीत पक्ष नै हुने सभापति श्रेष्ठको चेतावनी छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार