• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

सागमा गौरिकाको कीर्तिमान

काठमाडौं ।  गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जितेकी छिन् । उनले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरेकी हुन । ।

 

सातदोबाटोस्थित हिटिङ स्वीमुङ पुलमा आइतबार भएको चार सय मिटर फ्रि(स्टाइलमा उनले स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् । उनले भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गरेकी हुन ।

 

शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गरेकी थिइन । उनले रजत पदकमा मा चित्त बुझाउनु पर्यो । यस्तै श्रीलङ्काकी रमुदी सहाराले कास्य पदक जितिन । सहाराले चार मिनेट ४९ दशमलब १० सेकेण्डमा चारसय मिटर दूरी पौडेकी थिइन ।

 

गौरिकाले स्वर्ण दिलाएसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ४४ स्वर्ण जितेको छिन । यही संस्करणमा उनले यसअघि दुई स्वर्ण जितिसकेकी छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार