• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

आयोजनाको काम समयमै नसकी अलपत्र पार्नेलाई कारवाही हुन्छ : मन्त्री नेम्वाङ

बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन ।

 कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने नेम्वाङको भनाइ थियो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रुपमा राखेको अवस्थामा भ्रमण वर्ष शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको बताए ।

 

निर्माण कम्पनीले अलपत्र पारेर छाडेका भैरहवा लुम्बिनी सडकका तिनाउ र दानव नदीका दुईटा पुलको ठेक्का केही दिनभित्रै तोडेर भएपनि काम अगाडि बढाइने स्पष्ट पारे । 


मन्त्री नेम्वाङले हाल अलपत्र पारिएका पुलको नयाँ प्रक्रियाबाट काम अघि बढाउने र दुबै नदीमा सोही ठाउँमै दुई लेनका दुईवटा पुल थपेर सडकलाई चार लेन पु¥याइने समेत बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार