• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

कोहलपुरमा अनिश्चितकालिन कर्फ्यू जारी,२५ जना विद्यार्थी र प्रहरी घाइते

 

बाँके । आज बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भए पछि स्थिति तनाबग्रस्त बनेको थियो । विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा अनिश्चितकालिन कर्फ्यू लागेको छ। 


ट्रकको ठक्करबाट बालिका प्रगति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीले चर्को प्रदर्शन गरेका थिए ।

 

कक्षा ७ मा अध्ययनरत प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले  ट्रकमा आगो समेत लगाएका छन । 

कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट प्रकृतिको अवस्था यकिन भएको छैन । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । 

 

दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए ।

 

लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् ।

 

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चितर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिएका छन  ।


प्रहरीको हवाई फायरले भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको हो । झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार