• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सञ्चारकर्मीको सञ्चार साधन जफत गर्नु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप

काठमाडौ । रिपोर्टिङका लागि घटनास्थलमा पुगेका पत्रकारहरु रामचन्द्र दुलाल , सिबी खड्का  र प्रकाशचन्द्र दाहालमाथि भएको आक्रमणको पत्रकार महासंघ काठमाडौं शाखा र प्रेस युनियनले भत्र्सना गरेको छ ।

 

जनताबाट चुनिएको वडा अध्यक्षले सञ्चारकर्मीको सञ्चार साधन जफत गर्नु कानुनी राज्यको उपहासका साथै लोकतन्त्र र प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ काठमाडौं शाखा र प्रेस युनियनले कडा आपत्ति जनाएका छन् ।


मंसिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यमय निधन भएको र हालसम्म दाहसंस्कार नगरिएको विषयमा वास्तविकता बुझ्नका लागि स्थलगत रिपोर्टिङमा मंसिर १९ गते दिउँसो घटनास्थल पुगेका सञ्चारकर्मीमाथि वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेका थिए ।

पत्रकारहरुले रिपोटिङ गरिरहेको स्थानमा दलबलसहित आएका केसीले ‘मेरो इलाकामा मेरो निर्देशन विना इलाकामा जे मन लाग्यो त्यही गर्ने ’ भन्दै पत्रकारमाथि हातपात गरेका थिए ।

 

पत्रकार महासंघ काठमाडौं शाखा र प्रेस युनियनले शुक्रबार विज्ञप्ति जारी गर्दै सो घटनाको भत्र्सना गरेका छन् ।   साथै घटनाको सत्य तथ्य छानविनकालागि माग गर्दै दोषीउपर कारवाहीको लागि सम्बन्धित निकायलाई अपिल समेत गरेका छन ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार