• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई

 

कावासोती । नेपाल प्रेस युनियनको नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष  बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरेको छ । 

 

सो पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला लगायतका केन्द्रीय नेताहरु समेत पुगेका थिए ।

 पुरस्कार वितरण समारोहमा सभापति देउवाले भारतले नक्सा छापेर कालापानी आफ्नो भनेकामा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्ने जोड दिए।

 

नेपाली कांग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा उनका छोरा कांग्रेस नेता मदनभक्त अधिकारीले राखेको अक्षयकोषबाट हरेक बर्ष एक जना पत्रकारलाई यो सम्मान प्रदान गर्दै आइएको छ ।

 

नेपाललाई रु २५ हजार र ताम्रपत्रले सम्मान गरिएको प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार