• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

जानकी मन्दिर अगाडि कल्पना र उर्मिला दुःख सुनाउँदै

काठमाडौं । शिल्पी थिएटरको प्रस्तुती  ‘शिल्पी नाट्य यात्रा २०७६’ अहिले जनकपुरमा छ । ‘कल्पना र उर्मिला दुःखमा छन्’ नामक कचहरी नाटक  शिल्पीका कलाकारहरुले आज जानकी  मन्दिर अगाडि  प्रस्तुत गरे । 

 

‘कल्पना र उर्मिला दुःखमा छन्’ कचहरी नाटकमा कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उसको जिन्दगीमा आउने उतारचढावलाई  देखाउन खोजिएको छ । नाटकमा १६ वर्षिय चुलबुले केटीको कथा समेटिको छ । नाटकले महिला हिंसाको विषयलाई उठान गरेको छ ।  

 

स्थानियले नाटक मन परेको प्रतिकृया दिएका छन । दर्शकले दिएको सुझाव र प्रतिकृयाले आफूहरु थप उत्साहित भएको नाटक निर्दशक घिमीरे युवराजले बताए ।

 

नाटक धनुषाको चार स्थान र महोत्तरीको दुई स्थानमा देखाइएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार