• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा  अहिलेसम्म नेपालले ४१  स्वर्णपदक जितेको छ ।

 

नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक जितेको हो ।

 

गोकर्णमा सम्पन्न सागको गल्फ विधा अन्तगर्त सुवासले अन्तिम दिन तीन अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित नेपाललाई  ३९ औं स्वर्ण दिलाएका हुन  ।

 

 भारत ६७ स्वर्णसहित शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानमा रहेको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्णपदक छ ।

 

 भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार