• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

आगामी सातादेखि ‘मास प्रिन्टर’मार्फत ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिने

काठमाडौं । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ ।

‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनेको हो । 

 

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।


 देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ  ।


तीन कार्य समयमा चलाउन  विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार