• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

मर्जर पछि बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा पर्शुराम कुँवर क्षेत्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार बिहान एकिकृत कारोबारको सुरुवात गरेपछि दुई बैंकहरुले औपचारीक रुपमा एक भएको घोषणा गरेका हुन् ।


मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताएका हुन् ।
बैंक मर्ज भएपछि स्मार्ट बैंकिङको अभ्यास गर्न समेत मन्त्री खतिवडाले आग्रह गरे ।

 

 नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकमा प्रविधि भित्राउनुपर्नेमा जोड दिदैं नेपाली बैंकहरु अझै पनि प्रविधिमा पछि नै भएकोले सबैं बैंकले प्रविधिगत क्षमतलाई विकास गर्नुपर्नेमा जोड दिए । डा. नेपालले मुलुक वित्तिय स्थायित्वतर्फ अघि बढेको समेत दाबी गरे ।

 

 मर्जर पछि बनेको बैंकको अध्यक्ष ग्लोबल आइएमईका चन्द्रप्रसाद ढकाल बन्ेका  छन भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेका छन ।

 

बैंकको नाम भने ग्लोबल आइएमई बैंक रहेको छ । कार्यक्रममा बैंकका अध्यक्ष ढकालले बिग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको बताए । उनले मर्जर पछि बनेको बैंक पूँजी, कर्जाजोखिम बहन क्षमता, प्रविधि लगायतका क्षेत्रबाट सबल बन्न समेत सक्षम हुने प्रतिवद्धता व्यक्त गरे ।

 

बिग मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी १८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । दुवै बैंकले घोषणा गरेको बोनस वितरण पछि भने बैंकको चुक्ता पूँजी २० अर्ब पुग्ने छ । बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ९४ अर्ब रहेको छ ।

 

 त्यस्तै ३ सय शाखा कार्यालय, २ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा तथा ३३ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार