• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

आज १९ खेलमा प्रतिस्पर्धा हुँदै,आजबाट चार नयाँ खेल सुरु

 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

 

आज काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, क्रिकेट,  साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, लन–टेनिस,गल्फ, कबड्डी, स्क्वास र फेन्सीङका खेलहरु हुनेछन् ।

 

आर्चरी, ब्याडमिन्टन, ह्यान्डबल, बिच भलिबल, भारोत्तोलन र क्रिकेटका खेलहरु भने  पोखरामा  हुनेछन् ।

 

सागको सहआयोजक शहर जनकपुरमा आजबाट कुस्तीका खेलहरु सुरु हुनेछन् । 

 

सागको छैटौं दिन आज ललितपूरमा बक्सिङ र स्क्वास, किर्तीपूरमा फेन्सीङ र जनकपूरमा कुस्ती खेल सुरु हुन लागेको हो ।

 

१३ औं सागमा आजबाट चार नयाँ खेल सुरु हुन लागेका हुन् ।

 

नेपालले अहिलेसम्म ३६ ओटा स्वर्णपदक जितेको छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

 

 भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार