• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

पर्यटकीय क्षेत्र रारामा पहिलोपटक फोरजी–एलटीई सेवा सञ्चालन

काठमाडौं । पर्यटकीय क्षेत्र रारामा पहिलोपटक फोरजी–एलटीई सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले बिहीबारबाट उक्त स्थानमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटकलाई थप सुविधा दिनका लागि रारामा यो सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ ।

नेपालभरि नै फोरजी सेवा पु¥याउनका लागि प्रक्रियागत नेपाल टेलिकमले बिहीबार कर्णाली प्रदेशको मुगुमा यो सेवा पु¥याएको हो । ‘हामीले गरेको सवै परीक्षण सफल भएको छ र भिडियो कल पनि स्तरीय रुपमा भएको छ,’ नेपाल टेलिकमका एक प्राविधिकले बताए ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन नेपाल भिœयाउने सरकारको योजना छ । अहिले रारा नेपाली र विदेशीको गन्तव्यस्थलको रूपमा विकसित हुँदै आएको छ । फोरजी सेवा सञ्चालनमा आएपछि राराबाट नै लाइभ गर्न सकिने भएको छ ।

फोरजी सेवा विस्तार भएसँगै देशेको विकट जिल्ला मुगुका बासिन्दाले पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएको छन् । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेको छ । टेलिकमले १ हजार ८ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको हो ।

 

रारा जाने पर्यटकहरूलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताइन् । यो सेवाले रारामा पुग्ने पर्यटकहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियोहरू तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनुका साथै सोही स्थानबाट बिनाअवरोध भिडियो कल गर्न सकिनेछ ।

 

फोरजी सेवा सञ्चालनमा आएसँगै विकटमध्येको एक मुगुका बासिन्दाले पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

नेपालम पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वको कम्पनीले एकैपटक ५९ सहरमा फोरजी सेवा विस्तार गरेको थियो ।

 

दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको भए पनि रारामा भने पु¥याएको थिएन । रारा र मुगुमा फोरजी सेवा पु¥याउने कम्पनीमा नेपाल टेलिकम परेको छ । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारीअनुसार काम गरिरहेको छ । त्यसका लागि करिब १ सय ५० भन्दाबढी स्थानमा बीटीएस टावर जडान गरिसकेको छ ।

 

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

 

सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजना टेलिकमको छ ।

 

अहिले नेपालमा फोरजी सञ्चालन गर्ने ग्राहकको संख्या ४५ लाखको हाराहारीमा पुगिसकेको छ । जसमा नेपाल टेलिकमका ग्राहक मात्रै १० लाखभन्दा बढी रहेको बताइएको छ ।राजधानीबाट

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार