• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

१३औं दक्षिण एसियाली खेलकुद (साग) : ५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्णतालिकामा नेपाल दोस्रो स्थानमा रहेको छ ।

 

सुरुआती दिनमा अग्रस्थानमा रहेको नेपाललाई  भारतले पछि पारेको हो ।

 

नेपालले अहिलेसम्म ३६ ओटा स्वर्णपदक जितेको छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

 

 भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

 

 भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ ।नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ । 


 

नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा ३१ ओटा स्वर्ण जितेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार