• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

जनताले अबको शक्तिका रुपमा काँग्रेसलाई लिएका छन् : नेता महत

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनका पक्षमा रहेको बताएका छन  ।

 

काँग्रेस चितवनले आयोजना गरेको उपनिर्वाचनमा विजयी वडाध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा उनले  जसले विधि मान्यो, त्यसैलाई जनताले छानेको बताए ।

 

उपनिर्वाचनमा काँग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उनले सरकारप्रति जनताको वितृष्णा जागेको जिकिर गरे ।


 उनले थपे, “जनताले अबको शक्तिका रुपमा काँग्रेसलाई लिएका छन् ।”सोही अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचनमार्फत काँग्रेसलाई प्रष्फुटित गराएको बताए ।

 

 कम्युनिष्टको दुई तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर काँग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उनको भनाइ थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार