• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

स्वरसम्राट नारायणगोपाल स्मृति दिवस : सम्झनामा विभिन्न कार्यक्रम

 

काठमाडौं । नेपाली सङ्गीत जगतका चम्किला तारा स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २९ औँ स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी सम्झना गरिदैछ ।  नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन् ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उनको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भएको हो ।

 

 बिहीबार उनको २९औँ स्मृति दिवसको अवसरमा नारायणगोपाल सङ्गीत कोषले उनको सम्झनामा विभिन्न कार्यक्रम गर्दैै छ । 

 

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष गायक, संगीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रञ्जीत गजमेरलाई सम्मानित गर्दैछ।

 नारायणगोपालकै घरमा आयोजना हुने स्मृति दिवसको कार्यक्रममा दुई स्रष्ठालाई ताम्रपत्रसहित नगद २५ हजार प्रदान गरिने छ ।

 

विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित भएका थिए ।

नारायणगोपालको सम्झनामा नारायणगोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । यस्तै सांस्कृतिक संस्थानले पनि विशेष कार्यक्रम गर्दैछ ।

 

नारायण गोपालका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक स्रोताको मन जिते । उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।

 

एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, यति चाखो यति मिठो, तिमीलाई म के भनुलगायतका दर्जनौँ अजर अमर गीत नारायण गोपालको स्वरमा गुन्जिरहेकै छन् ।

 उनले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार