• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

भारतका सडकहरूमा आक्रोश : भारतीय चलचित्रका कारण सामूहिक बलात्कार र हत्याका घटना बढेको कतिपयको भनाइ

अर्को एउटा भयानक अपराधको समाचारपश्चात् भारतका सडकहरूमा फेरि आक्रोशित मानिसहरू भेला हुन थालेका छन्।

यसपटक दक्षिणी सहर हैदराबादमा २७ वर्षीया महिला चिकित्सकको सन्दिग्ध सामूहिक बलात्कार र हत्याले सडकमा रिस पोखिएको छ।

 

गत साता उनी बेपत्ता भएको केही समयमा उनको जलेको शरीर एउटा सडक फ्लाईओभरमुनि भेटिएको थियो।

उक्त घटनासँग सम्बन्ध भएको आशङ्कामा चार पुरुष पक्राउ परेका छन्।

 

महिलाविरुद्ध बलात्कार र हत्या धेरै हुने देशमा यो घटनाको बर्बरताले सबै स्तब्ध भएका छन्।

गत एक सातामा मात्र सञ्चारमाध्यममा कम्तीमा पाँचवटा जघन्य बलात्कारका घटना सार्वजनिक भए। तीमध्ये एउटा घटनामा छ वर्षीया बालिकाको बलात्कारपश्चात् उनको स्कूले पोसाकको पेटीले घाँटी अँठ्याएर हत्या भएको थियो।

 

सामाजिक सञ्जालमा भारतीय महिलाहरूले आफूहरू निरन्तर ुडरमा बाँचिरहेकोु र यथार्थसँग सम्झौता गर्नुपरेको उल्लेख गरेका छन्स् आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ ( उचित पोसाक लगाउनुपर्छ, एक्लै बाहिर जानुहुँदैन, घरै बस्नुपर्छ।


भारतीय समाज पूर्णतस् पितृसत्तात्मक छ, यौन हिंसा र बलात्कार निम्याएकोमा उल्टै महिलालाई नै दोषी मानिनु सामान्य मानिन्छ।

पीडितहरूलाई बारम्बार छोटा लुगा वा जीन्स लगाएको, केटासाथी भएको, राति अबेरसम्म बाहिर रहेको वा मोबाइलमा फोन गरेकोमा लाञ्छना लगाइन्छ।


भारतमा बलात्कारसम्बन्धी कानुन कस्तो छ ?


सन् २०१२ मा दिल्लीमा एक विद्यार्थीको सामूहिक बलात्कार र हत्याको घटना र त्यसले उब्जाएको व्यापक सार्वजनिक आक्रोशले सरकारलाई अर्को वर्ष बलात्कारविरुद्ध कडा कानुन ल्याउन बाध्य पार्‍यो।

त्यस कानुनले एसिड आक्रमण, कसैलाई निरन्तर पछ्याउने वा लुकीलुकी हेर्ने जस्ता कार्यविरुद्ध सजाय बढायो। तर यसले विवादास्पद रूपमा के स्थापित गर्‍यो भने एक पुरुषले आफ्नी श्रीमतीको बलात्कार गर्न सक्दैन ( जबसम्म महिलाको उमेर १६ वर्षभन्दा मुनि हुँदैन।

 

नयाँ बनाइएको कानुनले अधिकांश घटनामा जेल सजाय बढाएको छ, र बलात्कारको पटके दोषमा वा बलात्कारले कोमाको स्थिति निम्त्याएमा मृत्युदण्डको सजाय राखेको छ।

बलात्कारको परिभाषा पनि विस्तार गरिएको छ जसअनुसार शारीरिक रूपमा पीडितले प्रतिरोध नगरेको भन्दैमा त्यसलाई सहमति नमानिने उल्लेख छ।

 

के यी कानुनले पीडितलाई सहयोग पुगेको छ ?

 

खुसीको कुरा के छ भने अचेल धेरै महिला यौन हिंसाको रिपोर्ट लेखाउन अघि सरेका छन्।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्याङ्कबमोजिम यस्ता रिपोर्टको सङ्ख्या सन् २००८ मा २१,४६७ बाट सन् २०१६ मा ३८,००० पुगेको छ।

तर महिलाहरूले अझैपनि हिंसाको रिपोर्ट गर्न तथा न्याय पाउन थुप्रै अवरोध बेहोर्नुपर्छ।

 

ह्यूमन राइट्स वाचको विवरणअनुसार महिला तथा बालिकाले प्रहरी चौकी वा अस्पताल जाँदा उल्टै अपमान सहनुपर्छ र उनीहरूले सधैँ उचित कानुनी वा चिकित्सकीय परामर्श वा सहयोग पाउँदैनन्।

अनि एक पटक बलात्कारको मुद्दा दर्ता भएपछि के त्यसले न्याय मिल्ने सम्भावना बढ्छ त ?


देशको फौजदारी न्यायप्रणाली राजनीतिक दबावको जोखिममा रहेको छ। चर्चित घटनाहरूमा पनि अभियुक्तहरू छुटेका छन्।

 

फैसला आउन पनि ढिलाइ हुने गर्छ। केवल चारमध्ये एक घटनामा दोषी ठहर हुन्छन्। सन् २०१८ मा प्रकाशित एक शोधपत्रका अनुसार यस्ता अन्तिम फैसला पनि केवल ती मुद्दामा हुन्छन् जुन निष्कर्षमा पुग्न पाउँछन्।

प्रहरीकहाँ आइपुग्ने सबै बलात्कारका रिपोर्टमध्ये, शोधपत्र लेख्छ ,केवल १२ देखि २० प्रतिशत बलात्कारका मु्द्दा मात्र निचोडसम्म पुग्छन्।

बलात्कारका कैयौँ पीडित अझै न्यायको पर्खाइमा छन्, कहिलेकाहिँ त घटना भएको वर्षौँसम्म पनि।

 

गत वर्ष सरकारले बलात्कारका घटनासँग जुध्न थप एक हजारवटा फास्ट ट्र्याक अदालत गठन गर्‍यो।

सन् २०१२ को सामूहिक बलात्कार र घटना पनि यस्तै एउटा फास्ट ट्र्याक अदालतले हेरेको थियो।

 

भारतको सर्वोच्च अदालतले त्यसमा चार पुरुषलाई सुनाइएको मृत्युदण्डको सजाय सन् २०१७ मा सदर गरिदियो। तर कानुनविद्हरूका अनुसार ती सजाय कार्यान्वयन हुन अझै महिनौँ वा वर्षौँ लाग्न सक्छ।

के यौनहिंसाको दर घट्दो छ ?

भारतमा महिलाविरुद्ध हिंसाका घटना कम भइरहेको कुनै प्रमाण पाइएको छैन।

गत वर्ष मात्र टम्सन रोएटर्स फाउन्डेशनले गरेको सर्वेक्षणमा भारतलाई महिलाका निम्ति सबभन्दा खतरनाक देश मानियो। अर्थात् अफगानिस्तान, सिरिया वा साउदी अरेबियाभन्दा पनि खराब।

 

पछिल्ला सरकारी विवरणका अनुसार सन् २०१७ मा प्रहरीले बलात्कारका ३३,६५८ वटा घटना दर्ता गर्‍यो। अर्थात् प्रतिदिन ९२ वटा। तर अझै पनि कैयौँ त्यस्ता घटना प्रहरीसम्म पुग्दैनन्।

बालबालिका बढ्दो निसानामा परिरहेको अर्को गम्भीर चिन्ताको विषय छ।

 

सन् २०१२ देखि २०१६ बीचमा कम उमेरका बालबालिकाको बलात्कारको घटना दोबर बढेको तथ्याङ्कले देखाउँछ।

महिलाविरुद्ध अपराध बढ्नुमा युगौँदेखि अस्तित्वमा रहेको पितृसत्ता तथा महिला(पुरुषको अमिल्दो अनुपातको पनि भूमिका भएको कतिपयको ठम्याइ छ।

भारतमा पुत्रमोहमा गैरकानुनी गर्भपतन गरिने हुँदा प्रत्येक ११२ बालकको तुलनामा केवल १०० बालिकाको जन्म भइरहेको छ।

 

भारतमा सबभन्दा उच्च दरको सामूहिक बलात्कारका घटना हुने हरियाणा राज्यमा सबभन्दा खराब महिला-पुरुष अनुपात छ।

देशको आकर्षक आर्थिक वृद्धि तथा पश्चिमा उदारवादमा भिजिएको भए पनि यहाँ अझै महिलालाई शोषण गर्न मिल्ने वस्तुका रूपमा हेरिन्छ, दक्षिण एशियामा महिलाका विषय पछ्याउने एक पत्रकार नीता भल्ला भन्छिन्।

 

कतिपयलाई भारतीय चलचित्र उद्योगले पनि परम्परागत यौन मान्यतालाई प्रोत्साहित गरेको भन्ने लाग्छ।

बीबीसीकी महिला मामिला पत्रकार दिव्या आर्याका अनुसार बलिवुड तथा क्षेत्रीय सिनेमा उद्योगले निर्माण गरेका कैयौँ त्यस्ता चलचित्र छन् जसमा महिलालाई पछ्याउने कार्यलाई अनुमोदन गर्छ, विषाक्त पुरुषत्वलाई सामान्यीकरण गर्छ अनि प्रेमको प्रक्रियामा यौन दुर्व्यवहारलाई पनि उचित मान्छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार