• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

कल्पना र उर्मिला दुःख सुनाउँदै जनकपुर पुगे

काठमाडौं । मंसिर १७ गतेबाट सुरु भएको शिल्पी थिएटरको टोली ‘शिल्पी नाट्य यात्रा २०७६’ अहिले जनकपुर पुगेको छ । ‘कल्पना र उर्मिला दुःखमा छन्’ नामक कचहरी नाटक लिएर शिल्पीका कलाकारहरुको टोली जनकपुर पुगेको हो । आज महोत्तरी र जलेश्वरमा नाटक देखाइएको थियो ।

 

स्थानियले नाटक मन परेको प्रतिकृया दिएका छन । दर्शकले दिएको सुझाव र प्रतिकृयाले आफूहरु थप उत्साहित भएको नाटक निर्दशक घिमीरे युवराजले बताए ।

 

 नाटक धनुषाको चार स्थान र महोत्तरीको दुई स्थानमा देखाउने तय भएको छ । 

 

‘कल्पना र उर्मिला दुःखमा छन्’ कचहरी नाटकमा कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उसको जिन्दगीमा आउने उतारचढावलाई  देखाउन खोजिएको छ । नाटकमा १६ वर्षिय चुलबुले केटीको कथा समेटिको छ । नाटकले महिला हिंसाको विषयलाई उठान गरेको छ ।  

 


नाटकमा प्रत्यक्ष संगीत अमजद प्रवेज र स्मारिका फुयालको रहेको छ ।  फोटो र भिडियोको अभिलेख जीवन आलेले गरेका छन् भने नाटकको सुत्रधार घिमीरे युवराज हुन ।


१६ जना कलाकारहरुको टोली  जनकपुर पुगेको छ ।  यो नाटक यात्रा मंसिर २३ गते सम्म चल्नेछ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार