• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

लैंङ्गिक हिंसा न्यूनिकरण र स्वंयम सेवक प्रशिक्षक तयार गर्ने जुनियर युवा रेडक्रस गोष्ठी

 

गैडाकोट । नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरको आयोजना र नमुना माविको आतिथ्यतामा सञ्चालित २ दिने जुनियर युवा रेडक्रस गोष्ठी गैंडाकोटमा समापन भएको छ ।

 ७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस शर्कलका पदाधिकारी गोष्ठीमा सहभागी भएका थिए ।

 

  जिल्लामा सञ्चालले  शैक्षिक वर्ष २०७६/०७७ का लागि वार्षिक कार्ययोजना तय गरेको नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरका संयोजक केबी रानाले जानकारी दिएका छन ।

 

गोष्ठीले मानवीय सेवा, विपद व्यवश्थापन, ट्राफिक सचेतना, लागु औषद्य न्यूनिकरण, शैक्षिक गुणस्तर वृद्वि,लैंङ्गिक हिंसा न्यूनिकरण, नेतृत्व विकास, बाल प्रतिभाको खोजी, तनाव व्यवश्थापन, विभिन्न विद्यामा स्वंयम सेवक प्रशिक्षक तयार गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकने छ ।

 

गोष्ठीमा नेपाल रेडक्रस सोसाईटी चितवनका उपसभापति विदुर केसीले रेडक्रस बारेमा,आर्ट अफ लिभिङ्गका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले जिवन जिउने कला, प्राकृतिक चिकित्सा सामुदायिक अस्पताल रजहरका डा. संग्राम पुरीले दैनिक आहार विहार, प्राकृतिक उपचार पद्वतीको महत्व लगायतकाविषयमा प्रशिक्षण दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार