• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मिलन सुर्खेतीको “पहिलो भेटमै”सार्वजनिक(भिडियो सहित)

काठमाडौं । गायक मिलन सुर्खेती  म्युजिक भिडियो पहिलो भेटमै लिएर स्रोता र दर्शक माझ आएका छन । 


यस गीतमा स्वर तथा संगीत मिलन सुर्खेतीको रहेको छ भने गीतका शब्द योगेन ढोलीले लेखेका हुन । गीतको संगीत संयोजन रिकेश गुरुङ  किजले गरेका हुन ।


  म्युजिक भिडियोको छायांकन मुस्ताङमा गरिएको हो । मुस्ताङका रमणीय दिर्श्य समेटिएको म्युजिक भिडियोमा एलिशा पुन मगर र जितेश प्रधानको अभिनय रहेको छ ।


 संजय लामाले छायांकन गरेको म्युजिक भिडियोलाई बानिश शाहले सम्पादन गरेका हुन । शिशिर खातीले गीतको कोरियोग्राफी गरेका छन। रबिन पौडेल सह-निर्देशक रहेको यस गीतको म्युजिक भिडियोलाई नबिन पुरीको निर्देशनमा तयार पारिएको हो ।

 

 राजेश मास्केको लगानीमा भिडियो निर्माण भएको हो ।

 

२०५७ सालबाट गायन यात्रा प्रारम्भ गरेका गायक सुर्खेतीले हाल सम्म २ वटा म्युजिक एल्बम र दर्जनौ गीतमा आफ्नो स्वर र संगीत दिसकेका छन ।

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार