• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

कुलपूजाका लागि गुल्मिबाट बागलुङ हिडेको जिप दर्घटना, मृतक १४ जनाकै सनाखत

 

बागलुङ । मध्यपहाडी लोकमार्ग  अन्तरगत बाग्लुङको  घोर्पणामा जिप दुर्घटना हुँदा चालक सहित १५ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

 

जिपमा सवार १८ जनामध्ये ९  महिला १ बालक सहित ५ पुरुषको घटना स्थलमै मृत्यु भएको   पत्रकार कमल पौडेलले जानकारी दिएका छन । 

 

एकजनालाई वडिगाड नदिले बगाएको आसँका गरीएको छ ।

 

 गुल्मिको इस्मा गाउँपालिका ५  देखि बागलुङको निसीखोला २ तर्फ कार्कि समुदायको कुलपूजाका  लागि आउँदै गरेको ग १ ज ५२१९ नम्बरको गुल्मि यातायातको जिप मँगलबार बिहान १० बजे दर्घटनामा परेको थियो ।

 

 जिप सडकबाट   करिब ३ सय ५० मिटर तल वडिगाड नदिमा खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुर्यप्रसाद खड्काले जानकारी दिएका छन ।

 

 दुर्घटनाका घाइतेलाई नेपाली सेनाको  हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको खडकाले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार