• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

मंसिर १७ बाट शिल्पीको 'शिल्पी नाट्य यात्रा' जनकपुरमा 

काठमाडौं । मंसिर १७ गते मंगलवारबाट शिल्पी थिएटरको टोली  'शिल्पी नाट्य यात्रा २०७६' लिएर जनकपुर यात्रामा जाँदैछ । ‘कल्पना र उर्मिला दुःखमा छन्’ नामक कचहरी नाटक लिएर शिल्पीका कलाकारहरुको टोली यात्रामा निक्लिएका हुन । नाटक धनुषाको चार ठाउँमा र महोत्तरीको दुई ठाउँमा देखाइने छ । 

 

‘कल्पना र उर्मिला दुःखमा छन्’ कचहरी नाटकमा कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उसको जिन्दगीमा आउने उतारचढावलाई  देखाउन खोजिएको छ । नाटकमा १६ वर्षिय चुलबुले केटीको कथा समेटिको छ । नाटक महिला हिंसामा आधारित छ । 

 

शिल्पीको १६ जनाको नाटकका कलाकारहरुको टोलीले धनुषा र महोत्तरीमा नाटक प्रस्तुत गर्नेछन् । नाटक यात्रा मंसिर १७ गतेबाट २३ सम्म चल्नेछ ।

 

नाटकमा प्रत्यक्ष संगीत अमजद प्रवेज र स्मारिका फुयालको रहेको छ । नाटकमा फोटो र भिडियोको अभिलेख जीवन आलेले गरेका छन् भने नाटकको सुत्रधार घिमीरे युवराज हुन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार