• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

वेइजिङ घोषणापत्रको कार्यान्वयन र वर्तमान अवस्थाबारे चासो,माघमा राष्ट्रिय युवा सम्मेलन हुने

ललितपुर । विश्व महिला सम्बन्धी वेइजिङ घोषणापत्रको कार्यान्वयन र वर्तमान अवस्था विषयक समीक्षा गोष्ठी आज ललितपुरमा सम्पन्न भएको छ । 


 कार्यक्रममा युवालाई जागृत गराउने उद्देश्यले माघको पहिलो साता राष्ट्रिय युवा सम्मेलन हुने जानकारी समेत गराइएको थियो ।

 

 महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), एन एन बी एनको संयुक्त आयोजना र युएन ओमेनको सहकार्यमा सम्पन्न कार्यक्रममा विश्व महिला सम्बन्धी वेइजिङ घोषणापत्रको कार्यान्वयन र वर्तमान अवस्थाका बारेमा  अन्तरक्रिया भएको थियो ।

 

वेइजिङ घोषणापत्रको पाँच पाँच वर्षमा समीक्षा वैठक हुने गर्दछ । हाल विश्वव्यापी रूपमा नै उक्त घोषणपत्र पूर्णरूपमा कार्यान्वयन हुन नसकेको मितिनी नेपालकी सरिता केसीको भनाइ थियो । 
 नेपाल सरकार समलिङ्गी महिलालाई अधिकार दिन अझ हिचकिचाइरहेको   केसीले सुनाइन ।

 

   मौसम परिवर्तन, संस्थागत अभावका साथै आर्थिक अभावले पनि महिला सशक्तिकरणमा प्रभाव पारेको महिलाअधिकारकर्मी बन्दना राणाको भनाइ थियो । 

 

महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सूचना तथा प्रविधि विधेयकले लैङ्गिक मुद्दा उठाउन नसकको धारणा राखेका छन   । श्रेष्ठले सञ्चार माध्यममा महिलाको समहभागिता बढाउने चुनौती पनि वर्तमान अवस्थामा रहेको बताए ।

 

कार्यक्रमकी अध्यक्ष मीरा ढुङ्गानाले सरकारसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय जगतमा नेपाली महिलाका आवाज पुर्याउनुका साथै माघमा राष्ट्रिय युवा सम्मेलन हुने जानकारी पनि गराइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार