• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

सागको पहिलो दिन नेपालले जित्यो १५ स्वर्ण (सुची सहित) 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिन  १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ ( ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो।

 

सातदोबाटोस्थित कराते हलमा ९ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपालले ७ स्वर्ण र २ रजत जितेको हो । नेपालका सिनियर पुरुष एकल कातामा मण्डे काजी श्रेष्ठले स्वर्ण जिते । यस्तै नेपालको महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक जित्यो ।

 

पुरुष कुमुते तर्फ लक्ष्मण तामाङले ५५ केजी र विप्लब लाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जित्दा महिलातर्फ कुसुम खड्काले ४५ केजी मुनि र ५० केजी मुनि अनु अधिकारीले स्वर्ण जितिन् ।

 

महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्।  तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ। 

 

ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन्।

 

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता)  : मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) : मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)  निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी)  लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी) कुसुम खड्का

कराते ९५( केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष )  कमल श्रेष्ठ

तेक्वान्दो पुम्से (१७ –२३ वर्ष ) सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

 

रजत पदक

कराते (एकल काता) चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि) दिवस श्रेष्ठ

 

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार