• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

सागमा अन्जलीको विश्व कीर्तिमान, माल्दिभ्स १० विकेटले पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा अन्जली चन्दले टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान राखेकी छिन् । सोमबार पोखरामा सुरु भएको टि-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो ।

 

खेलमा पहिले ब्याटिङ गरेको माल्दिभ्सले १० ओभर १ बलमा ‘अलआउट’ हुँदै १६ रनमात्र बनाएको थियो । माल्दिभ्सका ९ खेलाडीले रनको खातासमेत खोल्न नसकेको इनिङ्समा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाइन् ।

 

१७ रनको लक्ष्य पाएको नेपालले उक्त रनपाँच बलमै पुरा गरेको थियो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । भने दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् । चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमालेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो ।

 

यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।

 

अब नेपालले बुधबार बंगलादेशसित र शुक्रबार श्रीलंकासित खेल्नेछ ।चार टोलीबीच भइरहेको खेलमा शीर्ष दुई टोलीले स्वर्णपदकका लागि फाइनल खेल्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार