नेपाललाई पहिलो पदक, चन्चलाले जितिन् रजत
काठमाडों । नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् ।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भईन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन ।
स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी हेत्तीले भुटानकी सोनामलाई पराजित गरिन् । बंगलादेशकी अख्तरले पनि कास्य जितिन्
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस