• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

बाग्लुङमा वाम गठबन्धनबाट राजमोका शाही विजयी   

बागलुङ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा  राष्ट्रिय जनमोर्चाबाट वाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाही निर्वाचित भएका छन् । शाही ११ हजार २ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वाशुदेव न्यौपानेले जानकारी दिए । शाही शेरचनलाई २ हजार ९७ मतआन्तरले पछि पार्दै विजयी भएका हुन् ।

 

त्यस्तै समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा (संयुक्त) का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् ।

 

यस क्षेत्रमा ३५ हजार १ सय ८४ कुल मतदाता संख्या रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको थियो । प्रदेश सांसद टेक बहादुर घर्तीको निधनपछि बागलुङमा उपचुनाव भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार